जनकपुरधाम - धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेपाली काँग्रेसको सबै तहको अधिवेशनमा सम्पन्न भएको छ ।
नगरपालिकाको १० वटै वडामा सहमति बाटै सबै नेतृत्व चयन गर्नुको साथै नगर समितिमा पनि सर्वसहमती मै नेतृत्व चयन गरिएको हो ।
यस अघि समेत नगर सभापतिको भूमिका सफलता पूर्वक निर्वाह गरेको लालबाबु यादवलाई फेरी नगर सभापतिमा चयन गरिएको छ । त्यस्तै नगर सभापति यादवको नेतृत्वमा उपसभापतिमा पल्टु महतो र अजय कुमार साहलाई चयन गरिएको छ ।
त्यसैगरी नगरपालिकाको नगरकार्यसमितिको सचिवमा पोष्ट बहादुर गिरी र नवल किशोर यादव सहसचिवमा गोबिन्द कुमार यादव र मदन कुमार अधिकारीसहित ५८ सदस्य चयन गरिएको छ ।
वडा देखि नगरकार्यसमिति सर्वसम्मत नेतृत्व चयनको लागि उल्लेखनीय भुमिका धनुषा निर्वाचन क्षेत्र न ४ का क्षेत्रिय सभापति तथा क्षिरेश्वरनाथ नपा प्रमुख समेत रहेका योगेन्द्र पजियार खेलेका हुन् । उनले सबै तह र तप्काका नेता र कार्यकर्तालाई मिलाएर सर्वसम्मतिले सबै समिति चयन गर्न सफल भएका हुन् ।
३ कार्यकाल क्षेत्रिय सभापतिको भुमिका निर्वाह गरि सकेका पजियारले यश पटक जिल्ला सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् ।




