धनुषा - धनुषामा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाकाे अनुसार धनुषाधाम नगरपालिका ६ मालटोल स्थित पूर्व पश्चिम राजमार्ग मार्ग देखि २ कि.मि दक्षिण तर्फ रहेको पदम थापाको आपको बगैचामा करिब २५/२६ वर्षीया महिलाको शव फेला परेको हाे।
शवकाे प्रकृति हेर्दा उनको बलात्कार पश्चात् हत्या भएको आशंका प्रहरीले गरेको छ।
टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा ती युवतीको शव बुधबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय यज्ञभूमिले जनाएको छ ।मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।
कालो वर्णकि ती मृतक महिलाले रातो रंगको सुईटर निलो रंगको कुर्था सुरुवाल लगाएकी छन् ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाए ।




