गौशाला : अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) मधेश प्रदेश कार्यालय जनकपुर द्धारा महोत्तरीको गौशाला नगरपालिकामा संचालित इएलपी परियोजनाको माघ २४ गते अनुगमन गरिएको छ ।
इन्सेक द्धारा संचालित इ.एल.पि. परियोजना लागु भएको तेश्रो वर्षको अन्तमा कार्यक्रमको प्रभावकारिता बारे अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा मानव अधिकार निगरानी समुहले विगत ३ वर्ष देखि हाल सम्म गरेका क्रियाकलाप ,प्रगती विवरणहरु , स्थानीय निकायसँगको समन्वय, सहकार्यकाबारेमा छलफल तथा प्रतिक्रिया लिइएको थियो ।
छलफलको क्रममा नगरप्रमुख शिवनाथ महतोले मानव अधिकार निगरानी समुहद्धारा गौशाला नगरपालिकामा विगत ३ वर्षदेखि शिक्षा, स्वास्थ्य,खाद्य र आवासका क्षेत्रमा गर्दै आएका कामहरुको सराहाना गर्नुहुदै परियोजनाको अवधि सकिए पनि नगरपालिका मै हेल्पडेस्क राख्न दिई समुहलाई यस क्षेत्रमा निरन्तर काम गर्न लगाउने भन्दै समुहको कार्यमा सदैव गौशाला नगरपालिका सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले यस नगरपालिमा लागुऔषध को विकृति तिब्र रुपमा बढेकाले महिना मै २० जना गिरफ्तार हुने गरेकाले यसका लागि सबैले समन्वय गरि रोकथाम तथा अभिभावकलाई जनचेतना जगाउनुपर्ने बताउनु भयो ।
बाल पोषण भत्ता, सामाजिक सुरक्षा भत्ता,अपाङ्घ भत्ता वितरणमा ढिलासुस्ती भएको भन्ने सदस्यहरुको प्रश्नमा उपप्रमुख आशा लामाले बैंक र वडा कार्यलय दुवैलाई राखी छलफल पश्चात सबै समस्या हल भई सकेको र अब छिट्टै सहज रुपमा वितरण हुने जानकारी दिनुभयो ।
इन्सेक मधेश प्रदेश प्रमुख राजु पासवानले मानव अधिकार निगरानी समुहको कामको अनुगमन गर्नु हुदै कार्यक्रमका सम्बन्धमा अवगत गराउनु भयो । उहाँले नगरपालिकामा देखिएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा यस परियोजनाले थोरै भएपनि समस्या समाधानको लागि सहयोग पुगेको थाहा हुँदा खुशी लागेको र अगामी दिनमा पनि यस्ता खालका परियोजनाहरु इन्सेकले संचालन गर्ने बताउनुभयो ।
मानव अधिकार निगरानी समुहकोको अध्यक्ष विन्देश्वर साहले समुहको पहिचान स्वरुप परिचय पत्रको माग गर्दै कतिपय समस्या पहिचान गरि समाधान भइसकेको र समाधान हुन बाँकी रहेका समस्या समाधानका लागि आफु लगायत सम्पुर्ण समुह अनवरत रुपमा लागी पर्ने बताउनु भयो ।
अनुगमनको टिममा इन्सेक मधेश प्रदेशका कार्यक्रम फोकल पर्सन बरुन बस्याल, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह, नगरापालिकाका शिक्षा शाखा प्रमुख राम प्रगास महतो, पशुसेवा कार्यालयका प्रतिनिधि राम उद्गार महतो लगायत समूहका सदस्यहरु तथा स्थानीय संचारकर्मीहरु सहभागिता रहेको थियो ।