महोतरी- महोतरीको गौशालामा बजाज बाइकको शोरुम आज देखि सञ्चालनमा आएको छ ।
सोमवार एक समारोहका बीच गौशालाका समाजसेवी लक्ष्मी महतोले शोरुमकाे उद्घाटन गरेका छन् । राजजानकी अटो प्रा.लीका सञ्चालक प्रमोद कुमार साहले गाैशला नपा २ स्थित निगौल चौक देखि गौशाला बजार जाने सडक खण्डमा यस शो रुमकाे संचालन गरेका हुन् ।
शो रुम उद्घाटन कार्यक्रममा समाजसेवी महतोले गौशालामा शो रुम सञ्चालनमा ल्याए पछि बाइक खरिद गर्न जनकपुर वर्दिवास जाने झन्झट हटेको बताए।
उद्योग बाणिज्य संघ गौशालाका अध्यक्ष रामराजा प्रसाद साहले गौशालामा लगानी गर्न आउने व्यापारीहरुको सम्मान गर्दै सुरक्षा र सहयोग गर्न तयार रहेको बताए ।
शो रुमका सञ्चालक साहले स्थानियहरुकै गुनासोका आधारमा आफुले यहाँ शो रुम संचालन गरेको बताउँदै उनले स्थानीयलाई सहयोग गर्न आग्रह गरे । साहले हरेक दिन एक सय बाइक विक्रि भए बजाज कै मात्र ४५ विक्रि हुने गरेको तथ्याङ्क सुनाउदै बजाज विश्वासिलो बनेको बताए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण गौशलाका प्रमुख क्रमश प्रदिप कुमार मिश्र र र इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख विष्णु प्रदिप बस्याल सहितको उपस्थिती थियो ।
उदघाटनका दिन बाइक किन्ने ग्राहकलाई ३२ इन्चको कलर टिभी उपहारको रुपमा प्रदान गरिएको छ ।
https://fb.watch/bsFS-iu-y4/




