काठमाडौं । सरकारले ५० वर्ष नाघेका व्यक्तिहरूको मिर्गौला, कलेजो, मुट लगायत अन्य रोगसम्बन्धी परीक्षण वर्षमा एकपटक निशुल्क गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ मन्त्रालय स्रोतले जनाएको छ।
स्वास्थ मन्त्री विरोध खतिवडाले यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए। त्यसैगरी मन्त्रिपरिषद् बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने निर्णय समेत गरेको छ।
सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदलमार्फत काम अघि बढाइसकेको छ।




