महोत्तरी - महोत्तरीमा प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका–१ बगडा घर भई हाल गौशाला नगरपालिका–५ बस्ने ३५ बर्षीय हरेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।
साहले आफनै घर कोठामा संचय गरी राखेको लागुऔषध गाँजा बिक्री बितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो उनको घरको खानतलासी गर्दा लागुऔषध गाँजासहित पक्राउ परेको हो ।
साहले लुकाई छिपाई राखेको अन्दाजी साढे ५ केजी लागु औषध गाँजा बरामद गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । पक्राउ परेका साहमाथि ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।