जनकपुरधाम - जनकपुरधाम उपमहानगरको कांग्रेस सभापतिबाट राजीनामा घोषणा गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले पनि उम्मेदवारी कायम राखेका छन्।
साह निकट स्रोतका अनुसार कांग्रेस नेता विमलेन्द्र निधिले बिहीबार साहसँग लामो छलफल गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर उनी मानेनन्।
साहले सम्पर्क कार्यालय पनि खोलेर चुनावी प्रचारमा लागि सकेका छन् ।
सत्तारूढ गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जनता समाजवादी पार्टीले पाएको थियो। २०७४ को चुनावमा पनि मेयर उम्मेदवार बनेर पराजित भएका साहले उक्त निर्णय अस्वीकार गर्दै उम्मेदवारी दिएका हुन्।
कांग्रेसले यसरी बागी उम्मेदवारी दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।




