औरही - महोत्तरीको साेनमा गाउँपालिकामा लाेकतान्त्रिक समाजवाद पार्टी (लोसपा)को अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन्।
सोनमा गापा निर्वाचन अधिकृतकाे कार्यालयको अनुसार लाेसपा वाट गाउँपालिका अध्यक्षकाे उम्मेदवार विशेश्वर प्रसाद यादव ४१०८ मत ल्याई विजयी भएका छन भने उनकाे निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गाेखुल यादव ३२४३मत मात्र ल्याउँदा लोसपाका विशेश्वार यादव ११२२ मतले विजयी भएका हुन्।
त्यसै गरि उपाध्यक्षमा लाेसपा उमेम्दवार जहिदा खातुनले३२९८ मत ल्याई विजयी भएकी छिन् । उनकाे निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेस पार्टीका उपाध्यक्षकाे उम्मेदवार रंजिता देवी यादव ३२४३ अर्थात५५ मत ल्याई पराजित भएकी हुन्।




