औरही - जनता बचत तथा ऋण सहकारी संस्था लि।का सञ्चालक समितिका पुर्व अध्यक्ष स्थानीय तह नवनिर्वाचन २०७९ अन्तर्गत अौरही नगरपालिकाको मेयर पदमा नवनिर्वाचित भए पछि संस्थाले सम्मान गरेको छ।
महोत्तरीको औरही नगरपालिका १ जनता बचत तथा ऋण सहकारी संस्था लि।का पुर्व अध्यक्ष प्रदिप कुमार खडका औरही नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका हुन् ।
संस्थाले नव निर्वाचित मेयर,उपमेयर,वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुलाई स्वागत, सम्मान र बधाइ ज्ञापन गरेको हो ।
सहकारी हाताभित्र सहकारीका संचालक समितिका अध्यक्ष मोतिलाल यादवको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष एवम् नवनिर्वाचित मेयर खडका, १ न. वडाका अध्यक्ष ,२ नं. वडाका अध्यक्ष र सहकारीका सञ्चालक समिति र कर्मचारीहरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मेयर खडकाले बिगतको पाँच वर्षमा न भएको काम गर्ने दाबि गरे। उनले कृषि सहकारी र कृषिबाट आएको अनुदान कृषि सहकारीबाट नै ऋण प्रवाह गर्ने व्यवस्था र सहकारी अनुगमन टोलि बनाउने प्रतिबद्धताका साथ सहकारी प्रति सम्मानका लागि आभार प्रकट गरे।
https://www.facebook.com/shirishonline1/videos/698837061225338




