अन्जनी कुमारी महतो,औरही - महोत्तरीको गौशालामा एक जना मृत फेला परेको छ ।
गौशाला नगरपालिका वडा नम्बर ५ स्थित गाई गौशाला चौकको सडक छेउमा आईतवार बेलुका सुतिरहेको सोहिवडा बस्ने अन्दाजी वर्ष ५० का फगुनिया सदा मुसहर सोमवार विहान मृत फेला परेको छ ।
गौशाला नगरपालिकामा शववाहन नभएका कारण सदाको १८ घण्टा पचतात् आफन्तले रिक्साको सहारामा शव व्यवस्थापन गरिएको स्थानीयहरुले बताए ।
शव व्यवस्थापनको निम्ति उनका परिवारलाई गौशाला नगरपालिका ५ का नवनिर्वाचित वडाअध्यक्ष ओमप्रकाश गुप्ताले ५ हजार सहयोग गरेका छन् ।
https://www.facebook.com/shirishonline1/videos/436890464920897
https://www.facebook.com/shirishonline1/videos/436890464920897




