महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४४ करोड ९६ लाख २१ हजारको अनुमानित वजेट प्रस्ताव सार्वजनिक गरेका छन ।
मटिहानी नगरपालिकाको नवौ नगर सभाबाट ४४ करोड ९६ लाख २१ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
सम्पन्न नवौं नगरसभामा मटिहानी नगरपालिकाको प्रमुख हरि प्रसाद मण्डलले सो वजेट सम्बन्धि नित्ति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगर प्रमुख मण्डलले सार्वजनिक गरेको अनुमानित वजेटमा राजस्व बाँडफाडबाट प्राप्त (संघिय सरकार) तर्फ ८ करोड ३७ लाख १६ हजार, राजस्व बाँडफाडबाट प्राप्त हुने अनुमानित रकम (प्रदेश सरकार) तर्फ १५ लाख, संघीय सरकारबाट समानीकरण अनुदान तर्फ ११ करोड ८३ लाख , सशर्त अनुदान पुँजिगत तर्फ एक करोड ८६ लाख, सशर्त अनुदान चालु तर्फ १३ करोड ९८ लाख र समपुरक अनुदान पुँजिगत तर्फ ५० लाख गरि २८ करोड १७ लाख बजेट समेटिएको छ ।
यसैगरि प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ ८३ लाख ९ हजार, विशेष अनुदान तर्फ ३० लाख र सम्पुरक अनुदान पुँजीगत तर्फ २० लाख गरि एक करोड ३३ लाख नौं हजारको वजेट समेटिएको छ ।
यस्तै आन्तरिक स्रोत बाट ९३ लाख ८६ हजार र गत वर्षको मौज्दात ६ करोड अगामी आर्थिक वर्षका लागि वजेटमा समावेश गरेको नगर प्रमुख मण्डलले प्रस्तुत गरेको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा लोककल्याणकारी अवधारणा संविधानले परिकल्पना गरेको समाजवाद तर्फको यात्रा र विकासको क्रममा आर्थिक समाजिक र सांस्कृतिक रुपमा पछाडी परेका समुदायहरुलाई समेत मध्येनजर गरि नगरवासीको सर्वोपरि हितलाई केन्द्र भागमा राखि तयार गरिएको जनाइएको छ।
मटिहानी नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन सम्बन्धि कार्यक्रमहरु प्राथमिकताका साथ समावेश गरिएको हो।
यस्तै उद्योग तथा बाणिज्य, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, समावेशीकरण गरिबी निवारण तथा कला संस्कृति खेलकुद, सडक तथा पुल यातायात बिधुतीकरण, सिंचाई भवन तथा सहरी विकास, संचार वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रमहरु प्राथमिकता साथ मटिहानी नगरपालिको आगामी आर्थिक वर्षको वजेट तथा कार्यक्रममा समावेश गरिएको छ ।
यसैगरि वातावरण तथा फोहरमैला व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह सम्बन्धी नीति तथा कार्यक्रम, बित्तिय व्यवस्थापन तथा सुशासन सम्बन्धि नीति तथा कार्यक्रम र मटिहानी नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमहरु पनि नीति तथा कार्यक्रम केन्द्रित रहेको छ ।
नेपाल सरकारको राजस्व सचिव कृष्णहरि पुस्करको प्रमुख आतिथ्यता भएको मटिहानी नगरपालिकाको नवौ नगर सभामा नगरपालिकाको उपमेयर वडा अध्यक्ष वडा सदस्य र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
यसैगरि महोत्तरीकै पिपरा गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ५२ करोड ३५ लाख ९५ हजारको अनुमानित वजेट प्रस्ताव सार्वजनिक गरेका छन ।
पिपरा गाउँपालिकाको नवौ नगर सभाबाट ५२ करोड ३५ लाख ९५ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन ।
सम्पन्न नवौं नगरसभामा पिपरा गाउँपालिकाको प्रमुख रामजानकी यादवले सो वजेट सम्बन्धि नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
गाउँपालिका प्रमुख यादवले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, कला संस्कृति, कृषि क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ ।




