दिवेश कुमार महतो,ढल्केबर। धनुषाको मिथिला नगरपालिका मा रहेको मिथिला नगर युवा संजालले मिथिला नगरपालिका वार्ड नं -६ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन् भने सोही वाडामा संजलालाई विस्तार गर्नका निम्ति वाडा कमिटी गठन गरिएको छ।
शनिबार धनुषाको महेन्द्र मावि ढल्केबर मा संजालका अध्यक्ष राजु कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदैं वार्ड नं-६ का वाडा अध्यक्ष नन्द किशोर यादव सहित वाडा सदस्यहरुलाई दोसल्ला,माला र टिका लगाएर उक्त संजालले सम्मान गरेका हुन्।
त्यस्तै संयोजक दिनेश कुमार महतो र सह-संयोजक शिव कुमार महतो को संयोजकत्वमा मिथिला नगरपालिका वार्ड नं-६ मा ९ सदस्यीय वाडा कमिटी गठन गरिएको कुरा संजालका कार्यसमिति सदस्य प्रमोद बुढाथोकीले बताए। संजालका प्रवक्ता रुद्र बहादुर कार्कीका अनुसार "यस वाडा कमिटी गठनले मिथिला नगर युवा संजाललाई नगरपालिका भरि काम गर्न सहज वातावरण निर्माण हुने छ। हामी हरेक वाडा मा गएर संजाललाई विस्तार गर्दै वाडा कमिटी गठन गर्ने छौ र वार्ड बाटै विकासको लहर आम-जनसमुदाय कहाँ पुर्याउने छौँ र हरेक वार्डको समस्या वाडा कमिटी मार्फत हामी बुलंद रुपमा प्रस्तुत गर्दै आगाडि बढ्ने छौं।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा वार्ड नं ६ का वाडा अध्यक्ष नन्द किशाेर यादव,अतिथिहरुमा वडा सदस्य रामप्रगास महतो,वडा सदस्य मिना परियार,समाजसेवी युवा लगायत मिथिला नगर युवा संजालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।




