
मोहन महतो कोईरी,महोत्तरी- सभ्यता,संस्कृति,समाज,रीतिरिवाज,परम्परा,रहनसहन,खानपान र भेषभुषा आदि सबै समय अनुसार परिवर्तनशील हुन्छन् । तर,परिवर्तनको नाममा आफ्नो वास्तविक पहिचानलाई परिवर्तन गर्नु उचित होइन । विश्वव्यापी रुपमा खानपिन,भेषभुषा आदि परिवर्तनको ट्रेन्डमा छ । त्यही ट्रेन्ड अनुसार मानिस आफ्नो संस्कृति बिर्सने र अरुको संस्कृति अनुसरण गर्दै आएको देख्न सकिन्छ ।
अरुको संस्कृति अपनाउनु गलत होइन तर आफ्नो संस्कृति बिर्सनु महाभुल हो । विश्वसामु उजागर लायक आफ्नो पुरातन संस्कार,संस्कृति र धर्मलाई उजागर गर्नु हामी सबैको प्रथम कर्तव्य मानिन्छ । नेपाल बहुभाषिक,बहुधार्मिक,बहुसांस्कृतिक देस हो । जहाँ मानिस परापुर्वकालदेखि विभिन्न धर्म,संस्कृति आदिको पालना गर्दै आएका छन् । यदि मिथिला/मधेसको कुरा गर्ने हो भने अहिले मधेसको प्राय: मानिस आफ्नो संस्कृति बिर्सदै गएको भान हुन्छ ।
अहिलेको समयमा मधेसको घर-घरमा पश्चिमी संस्कृतिको प्रभाव देख्न सकिन्छ । समाजमा अश्लीलता पनि उच्च सिमामा पुगिरहेको पाइन्छ । जन्म देखि मृत्युसम्मको कुनैपनि चाडपर्व वा उत्सव होस, मानिस आफ्नो सांस्कृतिक वस्त्र या सांस्कृतिक गीतमा रमेको धेरै नै कम देख्न सकिन्छ । हामी अहिले पनि त्यही समाजमा बाँचिरहेका छौं, जहाँ मानिस धोती,कुर्ता,गमछालाई एक अनपढ र देहाती मानिसले धारण गर्ने वस्त्रको रुपमा मानिन्छ । धेरैजसो अहिले यस्तो सोंचको मानिस पनि छन्,जो यसलाई आफ्नो सान र पहिचा को रुपमा मान्छ ।
तर,ऊ पनि आफ्नो सांस्कृतिक वस्त्र लगाउन कतै न कतै पछाडि परेको छ । हाम्रो सांस्कृतिक वस्त्र हराउनुमा बाउ-बाजेको समेत हात रहेको हुन्छ । उहाँहरुले पनि आफ्नो सांस्कृतिक वस्त्रलाई बढाबा नदिई बिदेशी फिल्ममा हेरेर तिनै वस्त्र प्रयोग गरेको हुन सक्छ । अहिलेको समय दिपावली-छठको समय हो । अहिले पनि कतै न कतै छठको जो परम्परागत छ,त्यसमा पनि मानिसले कन्जुस्याइँ गर्दै आएको देख्न सक्छौं । परापुर्वका देखि बाँसले बनेका विभिन्न प्रकारका ढकिया,सुप्पा,कोन्हियाँ आदि सबैमा मानिसले कन्जुस्याइँ गर्न थालेका छन् ।
यी सामग्री महंगो भयो भन्दै पित्तल,अनमोनियम जस्ता सामग्री किन्न थालिएको छ । जबकि मानिसले अन्य कार्यमा हजारौं,लाखौं खर्च गर्छन् । वास्तविक संस्कृतिलाई बिर्सदै जानु हो यो । सांस्कृतिक पक्ष जो हाम्रो सांस्कृतिक वस्त्र हो । त्यो भुल्नु हुँदैन । त्यसलाई पुनः समाजमा स्थापित गराउनु पर्छ । हाम्रो सांस्कृतिक वस्त्र धोती,कुर्ता,गमछा र महिलाका सारी आदि छन् । तिनलाई संधै नभए पनि कम से कम हाम्रो चाडपर्वमा प्रयोग गरौं । यदि सांस्कृतिक पक्षलाई जोगाउन सकेनौं भने कतै न कतै अस्तित्वलाई एकदिन मेटाउने छौं । हाम्रो संस्कृति हाम्रै हातमा छ ।
डायनासोरको कहानी जस्तै नहोस् । लोकबाजाको रुपमा प्रचलनमा रहेको जो हाम्रो ढोल-पिपही थियो जसलाई हरेक शुभ कार्यमा बजाउने गरिन्थ्यो । पुर्खाहरुले "रसनचौकी" को रुपमा सम्बोधन गर्दै आएका थिए । त्यो पनि आजकल अश्लीलताको सिकार भएको छ । चेपुवामा परेको छ ।
बिशेषगरी युवा पिँढी हाम्रो संस्कृतिमा केन्द्रित भएन भने संस्कृति मरेर जानेछ । पुर्खौली अनि साँस्कृतिक वस्त्र धोती,कुर्ता,गमछा र सिधा सारी हाम्रो मन,मस्तिष्क,घर-आँगन र हाम्रो समाजमा जिवित भइरहोस ।