विशाल बस्नेत/महाेत्तरी
महोत्तरी क्षेत्र न.१ का सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणी पोखरेलले प्रदेश कै गौरवको योजना रहेको बर्दिबास मेडिकल कलेजको पुर्वाधार निर्माण प्रक्रिया आगामी बर्षवाट गरिने वताएका छन ।
लामो समयदेखी विवादित बन्दै आएको मेडिकल कलेजलाइ आगामी वर्षवाट निर्माण प्रक्रिया अगाडि बढाइने पोखरेलले प्रतिबद्धतापत्रमा नै समावेश गरेका हुन ।
डिपिआर देखि पुर्वाधार निर्माण प्रक्रिया अन्तिम चरणमा रहेकै वेला पर्यावरणविदहरुले सर्वोच्च हालेको रिटमाथी अहिले अन्तरिम आदेश जारी भएको छ ।
मंगलवार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कानुनी व्यवधानलाइ सावधान गरि छिटो भन्दा छिटो भन्दा मेडिकल कलेजको काम अगाडि वढाइने बिषयलाइ पोखरेलले उच्च प्राथमिकतामा राखेका छन ।
पोखरेल स्वास्थ्यमन्त्री हुदा २०७३ मा नै एक प्रदेश एक मेडिकल भन्ने अवधारणा अन्तर्गत बर्दिबासमा वनाइने प्रस्ताव गरेका थिए । सोही बिषयलाइ सदनवाट पास गराएर बजेट बक्तब्यमा नै बर्दिबास मेडिकल कलेज निर्माण गरिने योजना समावेश गरिएको थियो ।
तर लामो समय वितिसक्दा पनि विभिन्न कानुनी जटिलताले काम अगाडी वढन सकेन । पोखरेलले कानुनी व्यवधान हटाएर मेडिकल कलेज वनाउने बिषयलाइ प्राथमिकतामा राखेपछी अहिले मधेश प्रदेशमा खुसीयाली छाएको छ ।
`मधेशको नै मुहार परिवर्तन गर्ने उक्त बिषयप्रती यसअघी पनि पोखरेल निक्कै लागीपरेका थिए । अब प्रतिबद्धतापत्रमा पनि प्राथमिकतामा राखीएछ खुसी लागेको छ ।´ स्थानिय सविता भण्डारीले भनिन ।




