काठमाडौं। पोखरामा भएको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सोमबार बिदा दिने भएको छ।
सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो। दुर्घटना छानबिन गर्न सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ।
प्रतिवेदन बुझाउन आयोगलाई ४५ दिनको समय दिइएको छ। काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित पोखराका लागि उडेको विमान विमान दुर्घटना भएको थियो । अहिले उद्धार जारी छ।




