जनकपुरधाम- जनकपुरधाममा कु टपिटबाट गम्भिर घाईते भएका एक युवकको मृ त्यु भएको छ ।
जनकपुरधाम उपहमानगरपालिका– ७ बस्ने जाकिर कवाडीका २६ वर्षिय छोरा रब्बानी राईनको बुधावर उपचारको क्रममा मृ त्यु भएको हो ।
मंगलवार साँझ घरमै बोलाउन आएका साथिहरुसँग राईन वाहिर गएको राईनलाई अनुज तिवारी नामका एक साथिले प्रदेशिक अस्पताल जनकपुरधाममा राती ११ बजे घाईते अवस्थामा भर्ना गराएर फ रार भागेका थिए ।
राती अस्पतालमै मोवाईल छुटाएका तिवारीले बुधवार विहान मोबाईल लिन आउदाँ राईनका आफन्त र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
राईनको शरिरभरि चोटपटक लागेको ढामहरु देख्न्छि । मृ तकको शव पोस्टमाटको लागि प्रादेशिक अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
यता, प्रहरीले घटनाको अनुसन्धानको क्रममा तिवारसहित दुई जनालाई प क्राउ गरेको छ । प्रहरी उपरीक्षक विश्वराज खड्काले घटनामा संल्गन रहेकाहरुको खोजि कार्य जारी रहेको र अहिले पराम्भिक अनुसन्धानमा कु टपिटबाट राईनको मृ त्यु भएको हुन सक्ने देखिएको बताए ।




