महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतो र वडा नं १ का वडाध्यक्ष नविन कुमार साहमाथि भईरहेको अभद्र व्यवहारको निन्दा गरिएको छ ।
गौशाला नगरपालिका वडा नं १ रामनगरमा बसेको वडा स्तरिय सर्बदलिय बैठकले उपमेयर महतो र वडाध्यक्ष साहमाथि भई रहेको अभद्र व्यवहार तथा वडाको योजना संचालनमा भएको गरेको अवरोधप्रति घोर भर्तसना र निन्दा गरेको हो ।
बैठकबाट उनीहरुले यस्ता कार्य नगर्न नगराउन ध्यानआकृष्ट गराएका छन् । अब उप्रान्त यस्तो भएगरेमा पुर्ण रुपमा वडाबाट संघर्ष गर्ने उनीहरुले प्रेस विज्ञप्तीमार्फत चेतावनी दिएका छन् ।
बैठकपश्चात जारी विज्ञप्तीमा नेपाली कांग्रेसको तर्फबाट दशरथ महतो, नेकपा माओवादी केन्द्रको तर्फबाट रूद्रबहादुर बुर्जा, लोसपाको तर्फबाट नरेश महतो, जनमत पार्टीको तर्फबाट वीरेन्द्र महतो, राप्रपाको तर्फबाट सुभाष श्रेष्ठ र जसपा नेपालको तर्फबाट अजय साहले हस्ताक्षर गरेका छन् ।

के हो नगरपालिकाको पछिल्लो विवाद ?
पछिल्लो समय उपमेयर रेणुकुमारी महतोमाथि आक्रमण प्रयास भएको घटनाले गौशाला नगरपालिकामा विवाद बढेको हो । वडा न.२ निगौलस्थित निर्माणधिन धर्मशालाको बिषयमा न्यायिक छलफल भइरहेको बेला वडा न.२ का वडा अध्यक्ष श्यामसुन्दर मण्डलले तथानाम गाली गर्दै आफ्नै कार्यकक्षमा आफूमाथि आक्रमणको प्रयास गरेको उपमेयर महतोको आरोप छ ।
धर्मशाला निर्माण भइरहेको बेला नगरभित्रै रामजानकी कुटीको हेरचाह गर्दै आएका जोगिन्द्र ठाकुरले नीजि जग्गा भएको भन्दै दावी गरेपछि न्यायिक समितिकी संयोजक समेत रहेकी उपमेयर महतोले सरोकारवालाहरुलाई बोलाएर गत मंगलवार बेलुका छलफललाई अगाडी बढाएकी थिइन् ।
छलफलकै क्रममा वडा न.२ का वडा अध्यक्ष मण्डलले तथानाम गाली गर्दै उपमेयरलाई नै हातपात प्रयास गरेको आरोप लागेको छ ।
यसअघि वडाध्यक्ष नविन साहको भने मेयर डा. दिपेन्द्र महतोसँग टेलिफोनमा भनाभन भएको थियो । शिक्षक सरुवाको विषयलाई लिएर वडाध्यक्ष साहले असहमति जनाएपछि मेयर महतोसँग भनाभन भएको अडियो रेकर्डमा सुनिन्छ ।
त्यसयतम वडाध्यक्ष साहले आफूलाई ज्यान मार्ने धम्की आएको दावी गर्दै आएका छन् ।




