कृष्ण राज गिरी/ भैरहवा
रुपन्देही को तिलोत्तमा नगरपालिका ले नगरपालिका भित्र बसोवास गर्ने अपाङ्गता भएका हरु लाई व्हीलचेयर, अपाङ्गता भएका ले प्रयोग गर्ने शौचालय, र अन्य सहायक सामग्री हरु वितरण गरेको छ।

त्तिनपा उप-प्रमुख जगेश्वर देवी चौधरी को उपस्थिती मा भएको वितरण कार्यक्रम मा कुल एक्काइस जना अपाङ्गता भएका हरु ,जसमध्य पुरुष बाह्र, महिला पाँच र चार जना बालबालिका रहेका थिए।

व्हीलचेयर लगाएत सहायक सामग्री वितरण कार्यक्रम को वारेमा तिलोत्तमा नगरपालिका की अधिकृत तथा महिला वालवालिका तथा जेष्ठ नागरिक उपशाखा प्रमुख सम्झना भण्डारी ले ' नयाँ आर्थिक वर्ष को सुरुवात सँगै प्राप्त भएका निवेदन र वडा कार्यालय हरु को सिफारिस को आधार मा अपाङ्गता परिचय पत्र, नागरिकता र वालवालिका को हक मा जन्मदर्ता को आधार मा हाल लाई महिला,पुरुष र बालबालिका गरि कुल एक्काइस जना लाई व्हीलचेयर लगायक सहायक सामग्री वितरण गरिएको ' जनाईन् ।

तिलोत्तमा नगरपालिका ले हरेक महिना को पच्चिस गते अपाङ्गता परिचय पत्र वितरण गर्दै आएको छ।




