कृष्ण राज गिरी/ भैरहवा
रुपन्देही को बुटवल उप-महानगरपालिका ले असार ५ गते वाट सुत्केरी पोषण कार्यक्रम को शुरुवात गरेको छ।

नगर प्रमुख स्वास्थ्य शिशु कार्यक्रम अन्तर्गत सुत्केरी पोषण रकम वितरण को शुभारम्भ नगर प्रमुख खेलराज पाण्डे ले गरेका थिए। यस कार्यक्रम मा बुटवल उप-महानगरपालिका का स्वास्थ्य संस्था हरु मा जन्म भाएका शिशु र आमा को पोषण को लागि एकचोटी को लागि दुई हजार रुपैया दिइने जनाईएको छ।

यस कार्यक्रम को वारेमा बुटवल उप-महानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे ले ‘ पछिल्लो साउन महिना देखि यस नगर का स्वास्थ्य संस्था हरु मा जन्म भएका र यहिँ का स्थाही वासिन्दा हरु ले यस कार्यक्रम को लाभ लिन सक्ने ‘ जनाए ।
कुल चार हजार जना सुचिकृत भएका मध्य आज पचास जना लाई पोषण रकम दिईएको र क्रमश सबै लाई दिदै जाने थप जानकारी गराए ।


