म रामहरि सुवेदी, मलाई धेरैले नेपाल गएर अबको २०८४ सालमा मेयरमा उठनु भनेर सल्लाह दिएका छन् ।
यदि म मेयर भएँ भने मेरो बिकासको कार्य योजना यस्तो हुने छ ।
१. नदी र खोलाको पानीलाई संचित र फिल्टर गरेर सिंचाई सुबिधा कार्य सुरु गरि हाल्ने ।
२. अन्नबाली, फलफुल, तरकारी, पशुपालन भारतबाट आयात गर्नमा बिस्तारै रोक लगाउँदै स्थानिय कृषकहरुलाई प्रोत्साहन गर्दै लैजाने । स्थानियले उत्पादनगरेका बस्तुहरु नगरपालीकाले उचित मुल्यमा खरिद गर्ने । कृषकहरुको लगानी सुरक्षित गरिने । बिचौलीयाको अन्त्य गरिने । ब्यापारीहरुले नियम बिरुद्द कार्य गरेमा लाईसेन्स जफत गरिने ।
३. किसानहरुलाई ३% ब्याजमा ऋण प्रदान गर्नुका साथै, अनुदानमा आय आर्जन हुने बस्तुहरु प्रदान गरिने, उत्पादन र बिक्रि अबधिभर अनुगमन, निरिक्षण गरिने । कृषीमा आधारित उद्योगहरु खोलीने ।
४. सहज, कम खर्चको लागतमा हजारौं रोजगार सृजना गर्ने उदेश्यले टेक्नोलोजी बिकेन्द्रीकरणको नियम लागु गर्दै प्रतेक वार्डहरुलाई स्मार्ट वार्डको रुपमा बिकसित गरिने । बैज्ञानिक रुपले प्रतेक चोकमा स्मार्ट ट्राफिक लाईट, ब्यस्त सहरिकरण भएका बाटोहरुमा स्मार्ट पार्किङ्ग लगायत, बाटोको नामाकरण र घरको नम्बरिङ्ग सिष्टमलाई ब्यबस्थित गरिने । स्मार्ट पार्किङ्, स्मार्ट ट्रफिक लाईटको उपयोगलाई ब्यबस्थित गरि नाफामुलक बनाईने ।
प्रबिधीमा दक्ष जनशक्तिको मासिक तलब कम्तिमा ५० हजारबाट सुरु गरिने । सबै क्षेत्रहरुलाई स्थानिय वार्ड देखि नगरपालीकाको प्रबिधीसंग जोडिने । यदि यसो गर्न सकेमा राज्यले राजस्वमा उल्लेखनिय बृद्दी गर्न सक्ने छ । स्मार्ट सिटी निर्माणको लागि अनुभबि (full time) र टेक्नोलोजी पढदै गरेका बिद्यार्थीहरुलाई (Internship) को रुपमा रोजगार दिने अबसर सृजना गरिने ।
५. प्रत्येक कर्मचारीले प्रत्येक हप्ताको कार्य बिबरण रिपोर्ट सम्बन्धित हाकिमलाई बुझाउनु पर्ने । काम नगरिकन त्यसै तलब खाएकाहरुलाई जब रिपोर्टको आधारमा निलम्बन गरिने ।
६. कार्यालय, स्कुल, क्याम्पसहरुमा राजनिती पुर्ण रुपले निशेधित गरिने । र कुनै पनि दलहरुले स्कुल र कलेजका छेत्र भित्र राजनितीका कार्यक्रम आमसभा जस्ता कार्यक्रमहरु गर्न निशेध गरिने ।
७. स्वास्थ्य बिमा लिएकाहरुलाई तत्कालै उपचार गरिनु पर्ने नियम लागु गरिने, नगरिएको खण्डमा सम्बन्धित स्वास्थ्य निकायलाई कानुन बमोजिम कारबाही गरिने ।
८. नर्स र डाक्टरहरुलाई उचित तलबको ब्यबस्था गरिने । नर्सहरुको तलब मिनिमम ५० हजार र डक्टरहरुको तलब मिनिमम १ लाख तोकिने ।
९. स्कुल र क्याम्पसहरुमा टेक्नोलोजीको बिषयलाई प्रमुख प्राथमिकता दिई, शिक्षा प्रणालीमा सुधार गरिने ।
१०. खाल्डा खुल्डीको समस्या हटाउन २४सै घण्टा बाटो मर्मतको लागि सेबा प्रदान गरिने । ब्यापार ब्याबसायहरुलाई १ मिनेट पनि क्षेती नपुर्याउने गरि सहरहरुको बाटोहरुको निर्माण र मर्मत सम्हार गरिने । बाटो बढाउने नाउँमा नियम अनुसार बनिसकेका संरचना नभत्काउने बरु निकास खोजिने ।
मेरो योजना यस्तो छ । राज्यले दिएको मासिक तलब बाहेक कुनै पनि भत्ता, र सुख सुबिधा मैले लिने छैन । थप कुराहरु पनि यिनै ढाँचा अनुसार अगाडी बडाईने छ ।
तर मेरो नेपाल गएर मेयरमा लडने संम्भाबना भने एकदमै कम छ । अरु जो कोहि, जुनसुकै ठाउँको मेयर भए पनि यहि योजनामा काम गरेमात्र देशले कोल्टो फेर्ने छ ।




