महोत्तरी - महोत्तरीमा अटो दुर्घटना हुँदा एकै परिवारका आठ जना घाइते भएका छन् भने दुई जनाको अवस्था घम्भिर भएको छ ।
बुधबार बेलुका करिब ६ बजे जलेश्वर-बर्दिवास सडक खण्डमा पर्ने औरही नगरपालिकाको कार्यालय अगाडी जलेश्वरबाट बर्दिवास जादै गरेको ज.१ स ११२१ नम्बरको तिन पांग्रे अटो सडकमा रहेको बाख्रा बचाउने क्रममा सो दुर्घटना भएको हो ।अटोमा सवार गौशाला नगरपालिका वडा न. ३ नवराजपुर निवासी सत्रुधन तिवारीको श्रीमती र छोरा छोरि लगायत आठ जना दुर्घटनामा परेका छन् ।
सत्रुधन तिवारीको अवस्था गंभिर रहेको हुनाले उपचार औरही नगरपालिका १ औरही बजार स्थित रहेको राधा कृष्ण स्वास्थ्य क्लिनिकमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी चौकी औरहीले जनाएको छ ।




