काठमाडौं । शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको चरणबद्ध आन्दोलन स्थगित भएको छ । आन्दोलन स्थगितसँगै आइतबारदेखि विद्यालयमा नियमितझै पठनपाठन हुने भएको छ ।
विधेयक संशोधन गर्न सरकार सकारात्मक भएको भन्दै निजी विद्यालय सञ्चालक आन्दोलन स्थगित गरेका हुन् ।
बुधबार प्याब्सन, हिसान र नेसनल प्याब्सनले पत्रकार सम्मेलन गरेर चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो । शिक्षा विधेयक नसच्याए आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका थिए ।
प्याब्सन, हिसान र नेसनल प्याब्सनको संयुक्त आन्दोलनमा शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको टिप्पणी गरिएको थियो ।




