-दिपेश मल्लिक
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनाेज कुमार साहले जनकपुरकाे विकास गुठि कै कारण हुन नसकेकाे बताएका छन् ।
पापमाेचनी समाज सेवा समिति धनुषाकाे दाेस्राे साधारणा सभामा सम्बाेधन गर्दै मेयर साहले जनकपुरधामकाे ८० प्रतिशत जग्गा गुठि अधिनस्त रहदा आन्तरिक आयकाे वाधककाे रूपमा गुठिलाई संज्ञा दिए ।
उनले गुठी संस्थानको जग्गा सार्वजनिक कार्यमा उपयोग गर्न नदिए जनकपुरधाम उपमहानगरपालिका संस्थान खारेजीको माग सहित आन्दोलन गर्ने चेतावनी दिए ।
उनले संस्था टाेल सुधार समितिकाे रूपमा प्रसिद्ध समितिका साथिहरूलाई अझै जाेस जागरले काम गर्न आग्रह गरे ।
कार्यक्रममा समितिका अध्यक्ष सचिदानन्द मिश्रले सुशासन, शान्ति, सदभाव तथा सामाजिक न्यायकाे लागि आवाज उठाउने संस्थाकाे रूपमा रहेकाे बताए ।
उनले पापमाेचनी स्थल निकट रहेका वडाहरू ४, १२ र २४ का वासिन्दाहरू मिलेर यश क्षेत्रलाई पापमाेचनिनगर नामाकरण गरेका समेत जानकारी गराए ।
उक्त संस्थाका प्रगति प्रतिवेदन सचिव राजेन्द्र महताेले प्रस्तुत गरि निर्वाचन सर्वसम्मतिवाट नव कार्य समिति गठन हुने वताए ।
कार्यक्रममा समितिका सल्लाहकार भागिरथ लाल कर्ण, उपाध्यक्ष माे. युसुफ, वडाअध्यक्ष महेन्द्र साह , पं. सुरेश झा , विशेश्वर शर्मा लगायतका वत्ताहरूले आ-आफ्नाे मन्तव्य प्रकट गरेका थिए ।




