जनकपुरधाम- सिराहा र धनुषाको सीमानदी कमलामा एक युवकको शव फेला परेको छ।
सिरहाको मिर्चैया नगरपालिका ४ का १८ वर्षीय राजेश कापैरको शव फेला परेको प्रहरीले जनाएका छन् ।
कर्जन्हा नगरपालिका– ३ बन्दीपुर ब्यारेकदेखि तीन सय मिटर उत्तर कमला नदीमा युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
चुरे फेदको धार्मिक स्थल उत्तराहिणीमा साथीहरूसँग कापैर बुधबार कमला स्नान गर्न गएका थिए।
उत्तराहिणी पुगेका कापैर बेपत्ता भएपछि सँगै गएका साथीहरूले प्रहरीलाई जानकारी दिएपछि हिजो स्थानीय र प्रहरीले खोजतलास गरेको डिएसपी बस्नेतले बताए।
कमला नदीमा डुबेर मृत्यु भएको हो वा अन्य कारणले भन्नेबारे थप अनुसन्धान भइरहेको बस्नेतले बताए ।




