भैरहवा- वेदेशिक रोजगारी को लागि फ्रान्स पठाईदिने भन्दै १४ लाख, सर्विया पठाईदिने भन्दै १७ लाख र टर्की पठाइदिने भन्दै २ लाख ५० हजार ठगी गर्ने लाई काठमाडौं को सुकेधारा,मिनभवन र सिनामंगल वाट गरि तीन जना लाई प्रहरी ले पक्राउ गरेको छ।
पक्राउ गरिएका मध्य एक जना स्याङजा जिल्ला वालिङ न.पा वडा नं १२ स्थाई घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं ४ सुकेधारा बस्ने ४९ वर्षिय बिर बहादुर गुरुङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ। निज गुरुङ ले राजभक्त रानाभाट लाई वैदेशिक रोजगारी को लागि फ्रान्स पठाइदिने, त्यहाँ होटल मा काम लगाईदिने र मासिक १ लाख भन्दा धेरै कमाई हुने भन्दै प्रलोभन मा पारी ,१७ लाख लाग्ने भन्दै पटक पटक गरि निज पिडित वाट १४ लाख रकम लिई सम्पर्क विहिन भई ठगी गरेको प्रहरी ले जनाएको छ।
त्यस्तै सर्विया पठाइदिने भन्दै धादिङ जिल्ला ज्वालामुखि गा.पा वडा नं १ स्थाई घर भई हाल भक्तपुर जिल्ला ठिमि न न.पा वडा नं ३ बस्ने ४० वर्षिय राज कुमार लामिछाने ले वलराम थापा मगर सहित ३ जना लाई वैदेशिक रोजगारी को लागि सर्विया पठाइदिने भन्दै १७ लाख ठगी गरेको प्रहरी ले जनाएको छ। निज लामिछाने ले वलराम थापा सहित लाई सर्विया पठाइदिने , प्रति व्यक्ति ८ लाख लाग्ने र त्यहाँ पुगेपछि चकलेट प्याकिगं मा काम लगाइदिने र तलव मासिक १ लाख ५० हजार वढी हुने भन्दै प्रलोभन मा पारी विश्वास दिलाई पिडित हरु सित पटक पटक गरि १७ लाख लिई सम्पर्क विहिन भई ठगी गरेको प्रहरी ले जनाएको छ।
निशान खड्कालाई वैदेशिक रोजगारीको लागि टर्की पठाइदिने भन्दै ठगी गर्ने कैलाली जिल्ला लम्किचुहा न.पा वडा नं ७ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं २६ बस्ने २३ वर्षिय चित्र बहादुर मगरलाई पनि प्रहरी ले पक्राउ गरेको छ । निज मगर ले पिडित खड्का लाई टर्की होटल मा काम लगाइदिने र मासिक एक लाख भन्दा वढी तलव हुने भन्दै २ लाख ५० हजार लिई सम्पर्क विहिन भइ ठगी गरेको प्रहरी ले जनाएको छ।
वैदेशिक रोजगारी विभाग वाट पक्राउ गरि उपस्थित गराइदिन पत्रचार गरेको ले प्रहरी टोली खटाई निज हरु लाई खोज तलाश गरी विभिन्न ठाउँ वाट पक्राउ गरि थप अनुसन्धान तथा कार्वाही को लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौं का प्रवक्ता एवं प्रहरी उपरिक्षक रविन्द्र रेग्मी ले जानकारी गराए ।




