सुख किन्ने सामर्थ थिएन होला
तर खुशीको भन्डार थियो मसंग ।
अमुल्य हृदय नै दिए थिएँ मैले
हिरा चिन्ने सामर्थ रैनछ तंसंग ।।
भाग्य तेरै खोटो भन्छु किनकि
एकरत्ति स्वार्थ थिएन म भित्र ।
बाहिरी बोक्रा हेरि मन छाम्न
म हैन नि है मात्र चलचित्र ।।
तँ भनेको मन पर्थ्यो त्यसैले
तिम्लाई त्यहि शब्द प्रयोग गरें
गलत तिमी हौ या समय कुन्नी
म अनायसै झेलमा परेँ ।
-रीता अधिकारी




