सुनिता बराल
महोत्तरी- गोरखाको अजिरकोट ५ चौताराडा डामा स-परिवारसंगै दशै मनाएर व्यवसायमा फर्किएका संजय नेपाली ५ दिनदेखी दाईको खोजीमा महोत्तरीमा छन् ।
सुनसरीको इटहरीमा फर्निचर व्यवासाय गरिरहेका संजयलाई सहयोग गर्न उनका माईलो दाई जगदीश नेपाली भाईसंगै इटहरी गएका थिए । गोरखाबाट फर्किदा बाटोबाटै जगदीशको मानसिक स्वास्थ्यमा अचानक समस्या देखिएपछि कार्तिक १४ गते विहानमात्रै इटहरी पुगेका दुई जादुभाई उपचारका लागि भन्दै सोहि दिन साँझ ५ बजेको रात्री बसमा काठमाण्डौं तर्फ लागे ।
प्रदेश १-०१-००१ ख ३४६५ नम्बरको महालक्ष्मी डिलक्सको संजयले दुइवटा टिकट लिएका थिए । बसको बि -७ र ८ नम्बरको सिटमा बसेर यात्रा गर्ने क्रममा झ्यालतर्फ रहेका जगदीशले बिचबाटोमा नपुग्दै झयालबाट कोहि तान्न आएकाले आफु“लाई डर लागेको भन्दै भाईसंग सिट साटेर छेउतर्फ बसेको संजयले सुनाए ।

धनुषाको लागगढमा पुगेर बसले खाना खान रोकेपनि जगदीशले खाना खान मानेनन् । दाईले खाना नखाएपछि भाई संजयले पनि दालमोट र जुस खाएर गाडिमै बसे । खाना खाएर बसको काठमाण्डौ“तर्फको यात्रा अघि बढेपछि संजय निदाएको मौकामा बसबाट मध्य रातमा बिच जङ्गलमा ओर्लिएका जगदीश किन ओर्लिए र काहा“ गए परिवारले फेला पार्न सकेको छैन । आफ्नो साथमा भएको मोवाईल समेत निदाएको भाईले लगाएको ज्याकेटको पकेटमा राखिदिएर बसबाट भाईको निन्द्रा नखुल्दै ओर्लिएका उनको खोजीमा अहिले परिवार भौतारिएको छ ।
काठमाण्डौ“को टिकट लिएर हिडेको मानिस महोत्तरी र सर्लाहीको सिमानामा रहेको बा“के पुलबाट सय मिटर अघि बिच बाटो र जङ्गलको बिचमा मध्यरातमा दाईलाई ओराल्नु बस चालक र सहचालकको गैरजिम्मेवारपन भएको संजय बताउ“छन् ।
“म यसरी निदाएछु कि मेरो निन्द्रा हेटौ“डा पुगेपछि मात्रै खुल्यो” संजयले भने,“काठमाण्डौको टिकट लिएर मेरो साथमा हिडेको मेरो दाईलाई बस संचालकले मध्यरातमा कसरी जङ्गलमा झारिदियो” ? मकवानपुरको हेटौ“डा पुगेर निन्द्राबाट ब्युझिएका संजयले दाई नदेखेपछि बसका सहचालकलाई सोध्दा उसले झर्छु भनेपछि बा“केमै झारिदिएको जवाफ दिएको संजय बताउ“छन् ।
दाईलाई अस्पताल लिएर हिडेका संजय दाइ कहा“ र कसरी, किन ओर्लिए थाहा नपाएपछि तत्कालै पश्चिमबाट पूर्व हिडेको रात्रीवसमै रातको १ बजे हेटौडाबाट दाईको खोजीमा पूर्वतर्फै फर्किए । १५ गते विहानैदेखी टेम्पु लिएर उनी झरेको स्थान र आसपास महोत्तरीको बर्दिवास सहित सर्लाहीका विभिन्न ठाउ“मा खोजीएको भएपनि उनी फेला नपरेका संजयले बताए ।
महोत्तरीको बर्दिवास,सर्लाहिको लालबन्दि र केशरगंज प्रहरी चौकिमा भाई संजयलाई खोज्न निवेदन दिएको भएपनि प्रहरीले भाईलाई खोज्न खासै चासो नदिएको जगदिशका जेठादाई बिजय नेपालीले बताए । “भाई अचानक बिरामी परेका हुन,त्यस्तो गम्भिर समस्या केहि थिएन” बिजयले भने, “यात्रुको सुरक्षाको जिम्मा लिएर हिडेको बसले मेरो भाईलाई बेवारिस झारिदिन नहुने थियो” ।
ईलाका प्रहरी कार्यालय बर्दिवासले संजयले दिएको निवेदन प्रहरी संजालमा पुगिसकेकाले उनको खोजीको काम भईरहेको जनाएको छ । तर संजय र बिजय संगै जगदीशसको खोजीमा हिडेका परिवारका अन्य ५ सदस्य भने प्रहरीले खोजीमा सहयोग नगरेको गुनासो गर्छन् । निवेदनमाथी काम कार्वाही अघि बढिसकेकाले प्रहरी संजालमा सुचना भएको र उनको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरिक्षक बिजय यादवले जानकारी दिए । बसकाल चालक र सहचालकलाई समेत खोजी गरि उनको खोजीमा सहयोग गर्ने यादवले बताए ।
कालो सेतो मिसिएको सुईटर,खैरो टाटेपाटे ज्याकेट,कपडाको पाईन्ट लगाएका ५.८ फिट हाईट र गहु“गोरो वणर् भएका जगदीशको दाईनेहातमा ४ वटा औला नभएका कारण उनको हात हेरेमा सहजै चिन्न सकिने उनका दाइ बिजयले बताए । अहिले काठमाण्डौ“ र गोरखादेखी उनको खोजीमा बर्दिवास पुगेका परिवारका सदस्यहरु विभिन्न भित्रि गाउ“बस्तिमा समेत उनको खोजी गरिरहेका बिजयले बताए ।




