भैरहवा- रुपन्देही जिल्ला को बुटवल उप-महानगरपालिका वडा नं ११ देविनगर श्रेष्ठपथ वाट प्रहरी ले ७ ग्राम ९० मिलिग्राम आगु औषध ब्राउन सुगर सहित तीन जना लाई मंसिर ६ गते पक्राउ गरेको छ।
पक्राउ पर्ने मा बुटवल उप-महानगरपालिका वडा नं ११ का २८ वर्षिय सुनिल श्रेष्ठ , वडा नं ९ का २१ वर्षिय साहिल थापा र रुपन्देही जिल्ला कै तिलोत्तमा नगरपालिका वडा नं ७ का २९ वर्षिय सागर लम्साल रहेको प्रहरी ले जनाएको छ।
बुटवल उप-महानगरपालिका वडा नं ११ देविनगर श्रेष्ठपथ स्थित सुनिल श्रेष्ठको घर कोठामा आगु औषध ब्राउन सुगर बिक्रि वितरण भई रहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय र मातहत वडा प्रहरी कार्यालय बुटवल समेतबाट खटि गएको प्रहरी टोलिले निज सुनिल श्रेष्ठको घरकोठा र शरिर खानतलासी लिदाँ निजहरुको साथबाट ७ ग्राम ९० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारेको र निजहरुलाई नियन्त्रणमा लिई लागु औषध कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवल ले जनाएको छ।




