महोत्तरी - रामगोपालपुर नपा ९ पर्सामा अबस्थित जानकी एकेडेमीक हस्पिटल ग्रामीण क्षेत्रका लागि संजिवनी बन्दै गएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा महोत्तरीका पश्चिमी एवं सर्लाहीका पुर्वी क्षेत्रका ग्रामीण बासिन्दाहरुका लागि जानकी एकेडमीक संजिवनी बुटिको रुपमा स्थापित हुन थालेको हो ।
स्थापनाको दुई बर्ष पूरा गरेको जानकी एकेडेमीक ले छोटो अबधिमै गुणस्तरीय स्वास्थ्य सेवामा सेवाग्राहिहरुको मन जित्न सफल भएको हस्पिटलका अध्यक्ष एवं पुर्ब स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले दाबी गरेका छन् ।
दोस्रो बार्षिकोत्सबको अवसरमा अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालका बालरोग विशेषज्ञ डा. संजिब साहले अस्पतालले पछिल्लो २ बर्षमा एनआईसियु र आईसियु केशमा ७० देखि ८० प्रतिशत सम्म सफलता प्राप्त गरेको डाटा प्रस्तुत गरे । स्थापनाको छोटो समयमै अस्पतालले जटिल भन्दा जटिल शैल्यकृयाहरु सफलता पुर्बक गरेको बताए ।
हाल १०० शैय्याको रहेको उक्त अस्पताल निकट भविष्यमा ३०० शैय्या पुर्याउने लक्ष्री राखिएको छ । पाँच सय एमएको एक्सरे , ६४ स्लाइसको सिटि स्क्यान लगायत २४ औं घण्टा इमर्जेन्सी सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथी मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिहले मधेश प्रदेश सरकार जनताकोलागि स्वास्थ्य, शिक्षाको सूचांकमा माथि उकास्न प्रयासरत्त रहेको बताउँदै मधेशका आठ वटै जिल्लाका आठ वटै अस्पतालको क्षमता अभिवृद्धि गरी एक सय वेड सम्मको बनाएको र आगामी दिनमा यसमा अतिआवश्यक उपकरण र जनशक्ति भर्ना गरिने जानकारी दिए ।
महोत्तरी जिल्लाको अतिदुर्गम मानिएको सो क्षेत्रमा स्वास्थ्य क्षेत्रमा व्यापक समस्या हुने गरेका थिए । सो क्षेत्रका जनताकालागि भारतको सीतामढी र जनकपुरधाम आउनु बाहेक अन्य कुनै विकल्प नरहेको अवस्था सो क्षेत्रमा अस्पताल सञ्चालनमा ल्याउन कठिनाइ भएको अस्पतालका सञ्चालक डा. सुरेन्द्र यादवले जानकारी दिए ।
कार्यक्रममा मधेश सरकारका पुर्ब राज्यमन्त्री सरोज सिंह कुशवाहा । सो क्षेत्रका प्रदेश सभा सदस्यहरु, स्थानिय तहका प्रमुख उपप्रमुख सहितका जनप्रतिनिधि हरुको व्यापक सहभागिता रहेको थियो ।




