भैरहवा- काठमाडौं बुढानीलकण्ठ वाट प्रहरी ले अमेरिका पठाईदिने भन्दै २६ लाख ठगी गर्ने एक जना लाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा काठमाण्डौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं ०३ का ५९ वर्षिय भैरव बहादुर ठकुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।
भैरव बहादुर ठकुरीले कृतेश खरेल समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिने र त्यहाँ पुगेपछि मासिक तिन लाख तलव हुने प्रतिष्ठित कम्पनीमा काम लगाईदिने भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी २६ लाख रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भैरव बहादुर ठकुरीको खोजतलास गर्ने क्रममा पुष ९ गते बुढानीलकण्ठ नगरपालिका वडा नं ०४ पासीकोटबाट पक्राउ गरेको हो ।
निज ठकुरी लाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराएका छन् ।


