राजबिराज - सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर ४(२) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह शनिबार जनता समाजबादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
फेरि जसपामै फर्किए प्रदेश सांसद सिंह सप्तरीको बोदे बर्साइनमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादब लगायतले प्रदेश सभा सदस्य सिंहलाई अबिर माला लगाई जसपामा स्वागत गरे ।
बिगतमा जसपामै रहेका प्रदेश सभा सदस्य सिंहलाई गत निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र भइ उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।




