दिपेश मल्लिक - जनकपुधाम उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी अपाङ्गहरुलाई सम्मान गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कुर्थामा करिब ४० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले नगरभित्र अपाङतामैत्री संरचना निर्माणका लागि पहल गर्ने बताए ।
मेयर साहले अपाङता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याउन नेपाल सरकारद्वारा नीति एवं कानुन पारित नहुदा केहि समस्या भएको बताए ।उनले अपाङताको सवालमा बहस, पैरवी तथा दबाब सिर्जना गर्ने उद्देश्यले स्थापित संघसंस्थाहरुलाई मिलेर जान आग्रह गरे ।उनले अपाङता भएका व्यक्तिहरुका लागि आर्थिक सहयोगका साथै आधारभूत आवश्यकताहरु व्हीलचेयर, लट्ठी पालिकाद्वारा नियमितरुपमा वितरण भएका बताए ।
कार्यक्रममा शारीरिक रुपमा असक्त रहेका अपांगहरुलाई सम्मानमा कम्बल, तन्ना, तौलिया, च्यवनप्राश लगायतका सामग्रीहरु प्रदान गरेको आयाेजकले बताए।जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ वडाध्यक्ष राजनारायण साहकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालीका कांग्रेस धनुषाका उपाध्यक्ष गणेश झाले प्राकृतिक अपाङहरुलाई जिविकोपार्जनका लागि मासिक ५ हजारका दरले उपलब्ध गराउन ध्यानाकर्षण गराए ।
उनले अपाङहरुको आत्मवल तथा हौसला बढाउन प्रत्येक वडामा कार्यक्रम हुनुपर्ने जनाए ।कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १३ का वडाध्यक्ष जितबहादुर राउत, नेपाली कांग्रेसका नगर कोषध्यक्ष विरेन्द्र यादव, समाजसेवी डा. इन्द्रकान्त झा, अशोक दास , जिल्ला समन्वय समितिका सदस्यहरु लगायतका उपस्थिति रहेका थिए ।




