काठमाडौं । सर्लाहीमा प्रहरीले डाका नियन्त्रण गर्न गोली चलाएको छ । प्रहरीले गोली हानेर डाकालाई नियन्त्रणमा लिएको हो । गएराति साढे ९ बजे बस्ती पसेका डाकालाई गोली चलाएर नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ ।
बरहथवामा डकैत गर्न आएका भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको गोली लागेर घाइते भएका छन् । उनको बायाँ खुट्टाको घुँडामा गोली लागेको छ । उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको छ ।
राउतसँगै मोटरसाइकलमा आएका अर्का एकजना पनि पक्राउ परेका छन् । उनीहरु विरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीको दाबी छ ।




