सप्तरी- सप्तरीमा ड्युटीमा रहेका नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ।
सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित शाखामा कार्यरत सुरक्षागार्ड ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो।
बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
फुँयालको शरिरमा खुकुरीले प्रहार गरेको देखिन्छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताए ।


