महोत्तरी - जलेश्वर उद्योग वाणिज्य संघले निःशुल्क आँखा जाँच शिविरको आयोजना गर्ने भएको छ । जलेश्वरका व्यापारी तथा सर्वसाधारणमा आँखा सम्बन्धी समस्यालाई समयमैं पता लगाई आवश्यक उपचारमा समेत सहयोग हुनेगरी स्थानिय व्यापारी तथा नागरिकका लागि उद्योग वाणिज्य संघ जलेश्वरले निःशुल्क आँखा जाँच शिविरको आयोजना गर्न लागेको जनाइएको छ ।
जलेश्वर स्तिथ सागरमाथा चौधरी अस्पताल,नेपाल रेडक्रॉस सोसाइटीको प्राविधिक सहयोग,सिबिएम को आर्थिक सहयोग र उद्योग वाणिज्य संघ जलेश्वरको आयोजनामा जेठ २३ गते शुक्रवारका दिन उद्योग वाणिज्य संघको कार्यालयमा बिहान ९ बजे देखी ३ बजे समम् एक दिने निःशुल्क शिविर संचालन हुनेछ ।
निःशुल्क शिविर मार्फ़त आँखा जाँच गराउन आउने व्यापारी, सर्वसाधारण तथा स्थानिय बासिन्दाहरुलाई आँखा जाँच गर्दै औषधि र चश्मा सुपथ मुल्यमा शिविरमैं प्रदान गरिने सँगै आँखा जाँचमा मोतिबिन्दुका बिरामी भेटिएमा सागरमाथा चौधरी आँखा अस्पताल जलेश्वरमा निःशुल्क मोतीबिन्दुको उपचार गरिने उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष शिवचन्द्र चौधरीले बताएका छन ।





