नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै निर्वाचनको वातावरण निर्माण हुन नसकेको बताएका छन् ।
महोत्तरीमा आयोजित हुने एक कार्यक्रममा सहभागी हुनकालागि जनकपुरधाम आइपुगेका पूर्व प्रधानमन्त्री प्रचण्डले मुलुक निर्वाचनमा केन्द्रित हुनुपर्ने समयमा अझै निर्वाचनको वातावरण निर्माण हुन नसकेको बताए । उनले अन्तरिम सरकारले राजनीतिक दलहरुसंग छलफल प्रकृया अगाडी बढाएर केही तयारी शुरु गरेको जस्तो लागेपनि निर्वाचनकालागि अझै गम्भीर हुनु आवश्यक रहेको बताए ।
सरकारले तोकिएकै मितिमा निर्वाचन गराउनका लागि गम्भीर हुनुपर्ने उनको भनाई थियो । संचारकर्मीहरुसंग कुराकानी गर्दै प्रचण्डले समाजवादी मोर्चा भित्र रहेका दलहरु एकता प्रकृयालाई अगाडी बढाई सकेको र छठपछि मुलुकमा नयाँ परस्थितिको निर्माण हुने दावी गरे ।




