काठमाडौँ - माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
आइतबार बसेको ती दलहरुको बैठकमा एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर गर्नेमा माओवादी केन्द्र (पुष्पकमल दाहाल), नेकपा एस (माधवकुमार नेपाल), नेपाल समाजवादी (महिन्द्रराय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) र नेकपा (चिरण पुन), माओवादी समाजवादी (कर्णजीत बुढाथोकी) र नेकपा साम्यवादी (प्रेमबहादुर सिंह) छन् ।





