जनकपुरधाम – उच्च अदालत जनकपुरमा मधेश प्रदेश सरकार विरुद्ध दायर गरिएको मुद्दामा दुबै पक्षलाई छलफलको लागि बोलाइएको छ ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जनकपुर आयुर्वेद औषधालय, औषधालयकी प्रमुख डा. सीमा झा र अबैध दाबी गरिएका तीन सहित ६ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।
रामप्रवेश मण्डल र पुरनमल्ल ठाकुरले उच्च अदालत जनकपुरमा दायर गरेको रिटमा विपक्षीलाई छलफलका लागि आज हाजिर हुन भनिएकोमा पुन: उच्च अदालतले दुबै पक्षलाई चैत ८ गते छलफलका लागि बोलाएको छ ।

आयुर्वेद चिकित्सा अन्तर्गत बिएमएमएस अध्ययन गरेकाहरूलाई बेवास्ता गरी मन्त्रालय र आयुर्वेद औषधालयले पैसाको चलखेल गरेर कम योग्यता भएका आवेदकलाई करारमा नियुक्त गरेकोले अदालतमा मुद्दा दर्ता गर्नु परेको निवेदक ठाकुरले बताए ।


आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु प्रदेश तहको कार्यक्रम अन्तर्गत जनकपुर आयुर्वेद औषधालयले नागरिक आरोग्य सेवा केन्द्रका लागि करार नियुक्त गर्ने भनी वैद्य पदमा गत माघ २५ गते विज्ञापन प्रकाशित गरेको थियो ।
सोही विज्ञापनको आधारमा कम योग्यता भएका व्यक्तिलाई करारमा नियुक्त गरिएको भन्दै सरकार सहितकालाई विपक्षी बनाई मुद्दा दर्ता गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् !