जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सरकार तत्काल परिवर्तन नहुने बताएका छन्।
आज जनकपुरधाम आएका अध्यक्ष नेपाल सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले सरकार परिवर्तन नहुने तर सामान्य फेरबदल हुनसक्ने बताए ।
उनले भने, “मन्त्रीमा सामान्य फेरबदल भने हुन सक्छ ।´´ उनले स्थानीय तहको चुनावमा एमालेसँग गठबन्धनको सम्भावना नरहेको प्रष्ट पारे। एमालेको छुद्र बोली अभिव्यक्ति व्यवहारका कारण चुनावमा गठबन्धनको कल्पनासम्म नगरेको उनले बताए।

पार्टीको मधेस प्रदेशस्तरीय बिस्तारित बैठकमा सहभागी हुन जनकपुर आएका अध्यक्ष नेपालले अहिलेको गठबन्धन सरकार विभिन्न तहमा क्रियाशील रहेको र क्रियाशील रहिरहने बताए। अहिलेकै सरकारले निर्वाचन गराउँछ उनले भने, “चुनावी सिटमा कसरी तालमेल गर्ने सम्बन्धमा पनि छलफल चलिरहेको छ । विचारमा विविधता छ तर नेतृत्वमा एउटा सामान्जस्यता छ ।”


हाम्रो पार्टी गठबन्धनमा के हुन्छ भनेर चिन्ता गरेर चल्ने पार्टी होइन उनले भने, “प्रत्येक पार्टी आफनो शक्ति र सामथ्र्यको आधारमा आवश्यकता महशुस गर्छ भने वीन–वीनको आधारमा सबैको उचित मर्यादा, उचित स्थान, सम्मान दिएर मिलेर जान सकिन्छ ।” अरुको सम्मान गर्ने र आफनो पनि सम्मान खोज्ने हिसाबले अघि बढ्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस् !