महोत्तरी – महोत्तरीको बर्दिबासबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका घर भइ हाल बर्दिबासमा बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षीय अरुणकुमार दास र मलङगवा नगरपालिकाका २२ वर्षीय मुकेश साह छन् ।
बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोवार गर्दै गरेको अवस्थामा प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले डियाजपान इन्जेक्सन ३५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल र लेबलिङ्ग नभएको ३५ थान म्पुलसहित १०५ थान एम्पुल बरामद गरेको छ ।


लागूऔषध कारोबार तथा प्रयोग गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडाले उनीहरुलाई रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तीनैजनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !