Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

तमलोपाले सार्वजनिक गरे १५ बुँदे घोषणापत्र

mm न्युज डेस्क
२०७८ चैत्र १२, शनिबार २१:३९ बजे

जनकपुरधाम – आगामी निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्प सहित तराई मधेस लोकतान्त्रिक पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ ।

आज जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रमका बीच पार्टी अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा. विजयकुमार सिंहले संयुक्त रुपमा सो १५ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई लिँदै यसले जनता स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र संघीय स्वशासनका निम्ति निरन्तर संघर्षरत रहने उल्लेख गरिएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो संघर्षको पथ ‘संघर्ष समानता र सम्मानको मधेसीको पहिचानको’ निर्धारित गरेको भन्दै १० प्रदेशीय राज्य पुनःसंरचना, संविधान संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै अधिकार हुनुपर्ने, भूमिहीन दलित र सुकुम्वासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच हुनुपर्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।

त्यस्तै कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागीदारी, मधेस विकासको निमित्त दिर्घकालीन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसंख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यवहारिक विदेश नीति लगायतका पार्टीको महत्वपूर्ण बुँदाहरु घोषणापत्रमा समावेश गरिएको छ ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावको निमित्त तयार रहन नेता तथा कार्यकर्ता निर्देशन दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावको निमित्त तयार रहनुपरेको बताए ।

उनले अहिले तमलोपालाई चुनावमा भाग लिनसक्ने बाटो मात्र खोलिएको बताउँदै स्थानीय तह जनताको घरदैलोको तह रहेकोले दलीय आधारमा यसको चुनाव हुनु नपर्ने कुरामाथि जोड दिएका छन् ।

उनले भने, ‘दलीय भागवण्डा, भ्रष्टाचार, जातीवाद, उम्मेदवार खरिद बिक्री आदिका कारणले दृष्टि, सीप, अभिव्यक्ति, सोच, प्रतिवद्धता भएकाहरू अगाडि आउन र सहर तथा गाउँको विकासमा योगदान दिन आह्वान गर्दछु । हामी उनको सम्मान गर्नेछौं।’

अध्यक्ष लालले आफ्नो पार्टी खिचडी गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारे । लोकतन्त्रको निमित्त लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन जरुरी रहेको उनले बताए । कांग्रेस वामपन्थीहरूको ‘हात बढाएर घाँटी समात्ने’ षडयन्त्रको जालमा फँसेको अध्यक्ष लालको जिकिर छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंहले तराई मधेस लोकतान्त्रिक पार्टी निकट भविष्यमै देशलाई राजनीतिक विकल्प दिने दावी गरेका छन् । लोसपा, जसपा लगायतका पार्टीहरू चुनावका लागि मात्र संविधान संशोधनको कुराहरू गरेको जिकिर गरेका छन् ।

मधेस मुद्दाको सवालमा तमलोपा निरन्तर संघर्षरत रहने वरिष्ठ नेता सिंहको भनाइ छ । कार्यक्रममा पर्सादेखि सप्तरीसम्मका पार्टीका जिल्ला अध्यक्षहरू तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

बर्दिबास १३ अपडेट : एमालेको अग्रता कायमै

मधेश प्रदेश

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४४ मतले यादव बिजय

Banner News

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

Banner News

ढल्केवरमा एक युवकको शव फेला

Banner News

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Load More

ताजा अपडेट

बर्दिबास १३ अपडेट : एमालेको अग्रता कायमै

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४४ मतले यादव बिजय

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

ढल्केवरमा एक युवकको शव फेला

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English