Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

सरकारमा यसकारण जाँदैछ लोसपा

mm न्युज डेस्क
२०७८ चैत्र १५, मंगलवार १५:५५ बजे

काठमाडौं  : शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आलोचना गर्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अहिले सोही सरकारमा सहभागी हुन तयारीमा जुटेको छ । स्थानीय तहको चुनावअघि सरकारमा सहभागी हुने गरी पार्टीले तयारी थालेको छ । त्यसका लागि लोसपाले भोलि बुधबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । बुधबारको बैठकले लोसपा सरकारमा जाने कि नजाने भन्नेबारे तय गर्नेछ ।

संख्याको हिसाबले देउवा नेतृत्वको सरकारलाई लोसपाको आवश्यकता छैन,तैपनि सो दललाई सरकारमा भित्र्याउन प्रयासरत छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अलग भएको लोसपाले संसद्मा देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो । त्यसपछि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा पनि लोसपाले खुलेर समर्थन गरेको थियो । एमसीसी पास गराउन सुरुदेखि लोसपा प्रधानमन्त्रीको साथमा थियो । जबकि काँग्रेससँग गठबन्धन गरेका दल माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जसपाले एमसीसीको विरोध गरेका थिए । त्यो बेला लोसपाले काँग्रेसलाई साथ दिएको थियो । सरकारको विपक्षमा हुँदा हुँदै पनि लोसपाले प्रधानमन्त्री देउवालाई समर्थन गरेको कारण सरकारमा जाने वातावरण बनेको हो ।

प्रधानमन्त्रीका लागि संसद्मा विश्वासको मत लिन लाग्दा सभापति शेरबहादुर देउवाले समर्थनका लागि महन्थ ठाकुरलाई पत्र लेखेर आग्रह गरेका थिए । त्यतिबेला जसपामै रहेका अध्यक्ष ठाकुर अलग हुने तरखरमा थिए । जसपामा उनको छुट्टै गुट थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले समर्थन गरिसके पनि महन्थ ठाकुर पक्षका सांसदको पनि समर्थनका लागि प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र पठाएका थिए । पत्र पठाउनुअघि देउवाले महन्थ ठाकुरसँग संवाद पनि गरेका थिए । र,त्यो संवादमा पनि देउवाले ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

तर ठाकुरले जसपामा अन्तरद्वन्द चलिरहेको अनि आफूहरुको अहिले कुनै पार्टी नभएकाले छुट्टै दल बनाउन व्यवस्था गर्दिन आग्रह गरे । नयाँ पार्टी बनाएपछि सरकारमा आउने आश्वासनपछि देउवाले राजनीतिक दल गठन सम्बन्धी अध्यादेश ल्याए । त्यसपछि महन्थ ठाकुरहरु जसपाबाट अलग भएर लोसपा गठन गरेका थिए ।

गत भदौमा लोसपा गठन भएपछि महन्थ ठाकुरले पटक पटक प्रधानमन्त्री देउवासँग संवाद गरे । सरकारमा कसरी सहभागी हुने त्यसका बारेमा उनीहरुको बीचमा पटक पटक छलफल भयो । तर सरकारमा सहभागी हुने वातावरण बनेन । जबकि भित्री रुपमा प्रधानमन्त्री देउवाको सम्बन्ध उपेन्द्र यादव नेतृत्वको जसपा भन्दा ठाकुर नेतृत्वको लोसपासँग छ ।

लोसपा सरकारमा नभएपनि हरेक कठिनाइको समयमा लोसपाले देउवालाई साथ दिएको छ । एमसीसी प्रकरणमा काँग्रेस पार्टीभित्रै देउवाको विरोध भइरहँदा लोसपाका अध्यक्ष महन्थ ठाकुर उनको साथमा उभिए । यिनै विश्वासको सम्बन्धले गर्दा देउवाले अध्यक्ष ठाकुरलाई सरकारमा ल्याउन चाहेका छन् ।

सरकारमा सहभागीका लागि दुवै पक्ष सकारात्मक छन् । कतिवटा र कुन कुन मन्त्रालय लिनेमा अहिले दुवै पक्षको बीचमा कुरा मिलिरहेको छैन । लोसपाका अध्यक्ष ठाकुरले चारवटा मन्त्रालय माग गरिरहेका छन् तर देउवा दुईटा मन्त्रालय दिन तयार छन् । चारवटा नभए तीनवटा त जसरी पनि दिनुपर्छ भनी लोसपाको अडान छ ।

लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले सरकारमा जाने विषयमा अहिले कुनै कुरा टुगों नलागेको बताए । उनले भने, ‘अहिले प्रारम्भिक छलफल मात्र भएको छ,छलफल सकारात्मक रुपमा अगाडि बढेको छ ।’ आफूहरुको प्राथमिकता सरकार होइन,मधेशको मुद्दा हो,त्यो मुद्दा कार्यान्वयन भयो भने मात्र आफूहरु सरकारमा जाने बताउँदै उनले सरकारमा जानका लागि लोसपालाई हतार नरहेको बताए ।

मधेशको माग कसरी पुरा गर्ने विषयमा प्रधानमन्त्री देउवासँग छलफल चलिरहेको छ,माग पुरा गर्न उनी सकारात्मक रहेको उनले बताए । सरकार,स्थानीय तहको चुनाव,संगठन विस्तार लगायतका विषयमा बुधबार बस्ने कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने बताउँदै उनले प्रधानमन्त्री देउवासँग विभिन्न चरणमा भएको छलफलको बारेमा पनि बैठकमा ‘ब्रिफ’ हुने बताए ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

Banner News

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

Load More

ताजा अपडेट

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

बलवा नगरपालिकाको मेयरमा लोसपा र उपमेयरमा काँग्रेस विजयी

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English