महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज (आइतबार)महोत्तरी आउन लागेका छन् । छुट्टा छुट्टै दुईवटा कार्यक्रममा सहभागी हुन प्रचण्ड महोत्तरी आउन लागेका हुन् ।
उनी बिहान ९ बजेको बिमानबाट जनकपुर आउने र त्यहाँबाट गाडीमा महोत्तरी आउने योंग कम्युनिष्ट लिग (वाइसिएल)का मधेश प्रदेश अध्यक्ष शंकर महतोले जानकारी दिए ।
उनका अनुसार बिहान ११ बजे बर्दिबासको खयरमारामा जनयुद्धका सहिदहरुको स्मरणमा निर्माण गर्न गरिने सहिद पार्कको शिलान्यास र निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम छ ।

बिहान ११ बजेदेखि १ बजेसम्म त्यहाँ कार्यक्रम हुने जनाएको छ ।


सो कार्यक्रम समापन पश्चात महोत्तरीको गौशाला नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन गर्न प्रचण्ड त्यहाँ पुग्ने छन् ।
दिउँसो १ बजेबाट गौशालामा कार्यक्रम राखिएको वाइसिएल नेता महतोले बताए ।
प्रतिक्रिया दिनुहोस् !