धनुषा- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आज देखि शुरु गरेको छ ।
मंगलवार देखि क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं ५ बाट सुरु भएको अभियानको उद्घाटन गर्दै नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान सुरु गर्ने बताए ।

सभापति पजियारले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म नेपाली कांग्रेसको कांग्रेस जिताऔँ अभियान पहिलो चरणमा हुने बताए ।


उनले पार्टिले जारी गरेको ८ बुँदे चुनावी एजेन्डालाइ हरेक नागरिकको दैलोमा पुगेर आफ्ना कुरा प्रष्टसँग राख्ने अभियान काँग्रेसले अघि सारेको बताए।
‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ फागुन २९ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन गरेको यस अभियानमा सबै काँग्रेसी नेता कार्यकर्तालाई सहभागी हुन सभापति पजियारले अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस् !