महोत्तरी। महोत्तरीमा पुल मर्मतको माग राख्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । जिल्लाको बलवा नगरपालिकास्थित रातो नदीको पुल जोखिमपूर्ण रहेकाले स्थानीयहरुले बाटो अवरुद्ध गरि तत्काल मर्मत सम्भारको माग गरेका छन् ।
जनकपुरधाम–भ्रमरपुरा–बलवा हुलाकी सडकखण्ड अन्तर्गत बलवा नगरपालिकाको बनचौरीस्थित रातो नदीको पुलमुनि खाडल छ । सो पुलमुनिको माटो नै नरहेपछि निकै जोखिम पूर्णरुपमा सवारी साधन संचालन हुँदै आएको छ । लामो समयदेखि आवाज उठाउँदा पनि सरोकारवालाले वास्ता नगरेपछि बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय वुषेश महतोले जनाएका छन् ।
जोखिमपूर्ण पुल हुँदै चारपाङ्ग्रे सवारीसाधन समेत संचालन गर्दा पनि सोको मर्मत सम्भारका लागि ध्यान नदिँदा स्थानीयवासीहरुले सो पुललाई घेरबार गर्दै सडक अवरुद्ध गरेको उनले बताए ।

पुलसँगै बनेको खाडलको कारण सवारीको दुर्घटना बढेको भन्दै तत्काल सडक तथा पुल मर्मत गर्नुपर्ने स्थानीयले माग गरेका छन् । सडक नबनाइए पुरै सडक जाम गर्ने उनीहरूले चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस् !