Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

मधेश र लुम्बिनी प्रदेशका १५ सय युवालाई शिप कार्यक्रम

बैदेशिक रोजगारको क्रममा आर्जन गरेका सीप र अनुभवलाई क्षमता अभिवृद्धि गरि स्वदेश मै स्वरोजगारमुखी बनाउने

mm न्युज डेस्क
२०७८ चैत्र २५, शुक्रबार २२:२१ बजे

धनुषा- विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमुलक सीप तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला गोष्ठि जनकपुरधाममा सम्पन्न गरिएको छ ।

शिक्षा पत्रकार समुहको आयोजना, युएनडिपीको सहयोग तथा शिक्षा, विज्ञान प्रविधि मन्त्रालय र सामाजिक विकास मन्त्रालय मधेश प्रदेशको सहकार्यमा बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई लक्षित गरि बैदेशिक रोजगारको क्रममा आर्जन गरेका सीप र अनुभवलाई क्षमता अभिवृद्धि गरि स्वदेश मै स्वरोजगारमुखी बनाउने उद्धेश्यले युएनडिपीले स्किल्स कार्यक्रमको आयोजना गर्न लागेको हो ।

सिटीइभिटी मधेश प्रदेशका डायरेक्टर नागेन्द्र साहको अध्यक्षता र महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रि विरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य मन्जु यादव, चमेली देवी दास, निति आयोगका सदस्य प्रर्मिला देवी सिंह , हंसपुर नगरपालिका उपप्रमुख रेणु झा, सिटीइभिटीका डायरेक्टर दिपक प्रसाद पौडेल, बरिष्ठ पत्रकार रामभरत साह, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत रेखा दत्त, जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष अम्भु साह, जनकपुरधाम उपमहानगरपालिका कार्यपालिका सदस्य सुनिता देवी लगायतले आ आफनो धारणा राखेका थिए ।

कार्यक्रममा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रि विरेन्द्रप्रसाद सिंहले बैदेशिक रोजगारबाट फर्किएका नेपाली युवाहरुलाई सरकारले स्वदेशमै रोजगारको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।

युवाहरुले विदेशमा रहँदा आर्जन गरेका सीपलाई स्वदेशमै उनीहरुको सीपलाई सदुपयोग गर्न सहुलियत दरमा ऋण दिनुपर्ने, स्वरोजगारका लागि विउ पुँजी, कर छुटलगायतको क्षेत्रमा सरकारले सहयोग गर्नु धारणा व्यक्त गरे । मन्त्रि सिंहले मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले यस आर्थिक वर्षमा पाँच सय महिलाहरुलाई लक्षित गरेर सिपमुलक कार्यक्रमको योजनाअनुसारका कार्यान्वयन भई रहेको बताए । बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुका लागि सीपमुलक क्षमता अभिवृद्धि कार्यक्रम निकै सान्दर्भिक भएकाले यसमा आवश्यक साथ र सहयोगका लागि प्रदेश सरकारले हातमालो गर्ने प्रतिवद्धता जाहेर गरे ।

प्रदेशसभा सदस्य मन्जु यादवले बैदेशिक रोजगारको क्रममा हाम्रा नेपालीहरुले निकै दुःख र कष्टबाट आर्जन गरेका सीपलाई स्वदेशमै स्वरोजगार बनाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिइन् । युएनडिपीले शुभारम्भ गरेको स्किल्स कार्यक्रमले युवाहरुलाई ठुलो राहत महसुस हुने विश्वास व्यक्त गरिन् । बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वदेशमै काम गर्न प्रोत्साहित गर्नका लागि आवश्यक पर्ने निति र कानुनका लागि प्रदेशसभाबाट गर्नुपर्ने निति निमाणर्का लागि सदनमा आफुले आवाज उठाउने प्रतिवद्र्धता जाहेर गरिन् ।

प्रदेशसभा सदस्य चमेली देवी दासले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारको सृजना गर्न तीनै तहका सरकारले प्रोत्साहन गर्ने खालको कार्यक्रमको आयोजना गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

निति आयोगका सदस्य प्रर्मिला देवी सिंहले प्रदेश सरकारले बनाउने योजना तथा कार्यक्रमहरुमा बैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लक्षित गरि कार्यक्रम बनाउन आफुहरुले सल्लाह र सुझाव दिने बताइन् ।

सिटिईभिटीका निर्देशक दिपक प्रसाद पौडेलले मधेश प्रदेशबाट निकै युवाहरु बैदेशिक रोजगारमा जाने र फर्किएपछि पुनः बेरोजगार हुनेलगायतको समस्या न्युनिकरणका लागि सरकारले युएनडिपीको सहयोगमा स्किल्स कार्यक्रम ल्याउनु निकै सराहनिय काम भएको बताए । उनले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वदेशमै उनीहरुको सीपलाई अभिवृद्धि गरि तालिम दिएर स्वरोजगारमुखी बनाउन सके देशलाई समृद्ध बनाउन टेवा पुग्ने बताउनुभयो ।

युएनडिपीको पोर्ट फोली म्यानेजर कल्पना सरकारले विदेशबाट फर्किएका युवाहरुको दक्षता र सीपको पहिचान गर्ने, आवश्यक तालिम दिई दक्ष बनाउने र व्यवसायीकरणका लागि प्रोत्साहित गर्ने बताइन् । मधेश प्रदेशका १४ पालिका र लुम्बिनी प्रदेशका ७ पालिकाका १५ सय युवा यस स्किल्स कार्यक्रमबाट लाभान्वित हुने बताइन् ।

विशेष गरी कोभिड -१९ का कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपाली नागरिकहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको यूएनडिपि स्कील प्रोजेक्टका राष्ट्यि कार्यक्रम प्रवन्धक डा. मुकुन्दमणी खनालले जानकारी दिए । डा. खनाल अनुसार उनीहरुसँग भएको सीपको पहिचानसहित कार्यस्थलमा आधारित सीप विकास, प्रमाणीकरण र स्वःरोजगार तथा श्रम बजारमा रोजगारीको अवसरका लागि सहजीकरण गरी स्थानीय उत्पादनमा आधारित उद्यमशीलतालाई टेवा पुर्‍याउनु कार्यक्रमको उद्देश्य रहेको छ ।

शिक्षा पत्रकार समूहका केन्द्रिय अध्यक्ष कृष्ण मल्लले विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै स्थापित गर्ने कार्यक्रमले स्वदेशमै रोजगारी सिर्जना गर्न र अरुका लागि पनि सन्देश दिने बताए ।

कोभिड-१९ को प्रत्यक्ष नकारात्मक प्रभावका कारण अन्तर्राष्ट्रिय श्रमबजार संकुचित भई उद्योग, निर्माण, पर्यटन, व्यवसायजस्ता प्रमुख आर्थिक क्षेत्रमा उत्पादन तथा वितरण प्रणाली अवरूद्ध प्रायः भएकाले लाखौँ नेपाली युवाहरूले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्कन बाध्य भएका छन् । यसको प्रत्यक्ष प्रभाव बैदेशिक रोजगारीमा गएका र रोजगारी गुमाएरस्वदेश फर्किएका नेपाली नागरिक विशेष गरी सीमान्तकृत समुदायका महिला, वहिष्करणमा परेका समुदायका नागरिक, अपाङ्गता भएका नागरिक, अनौपचारिक क्षेत्रमा कार्यरत जनशक्ति, दैनिक कमाइ गरी जीवनयापन गरिराखेका श्रमिक तथा तिनका आश्रित परिवारलाई बढी मात्रामा परेको छ ।

बैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकहरूले विदेशमा सिकेका सिपको पहिचान गरी आवश्यकतामा आधारित थप सीप विकासको अवसर दिन सके मुलुकको सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुग्ने देखिन्छ ।

एक तथ्यांकका अनुसार नेपाली युवाहरू रोजगारीको खोजीमाविश्वका करिब १७२ वटा मुलुकमा पुगेको तथ्याङ्कहरू सार्वजनिक भएका छन् ।

कानुन बमोजिम श्रम स्वीकृति लिएर जाने अधिकांश नेपाली युवाहरूका लागि प्रमुख गन्तव्यका रूपमा साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यु.ए.ई.), कुवेत, बहराइन, मलेसिया, दक्षिण कोरिया, जापान, इजरायल लगायतका मुलुकहरूरहेका  छन् । कोभिड-१९ संकटट व्यवस्थापन केन्द्रको तथ्याङ्क अनुसार २०७६ चैत्र ११ गतेदेखि शुरू भएकोबन्दाबन्दी (लकडाउन) पछि २०७८ भाद्र ३० गतेसम्मविभिन्न ६० वटा मुलूकहरूबाट पाँच लाख बहत्तर हजार पाँचसय एकहत्तर नेपाली नागरिक विदेशबाट स्वेदश फिर्ता भएको सूचना प्रकाशित गरेको छ । विभिन्न द्रुत अनुसन्धानहरूका प्रारम्भिक नतिजाअनुसार यी मध्ये करिब ६६ प्रतिशत नागरिकहरू कोभिड-१९ का कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपाली श्रमिकहरू रहेको आँकडा निकालेका छन् ।

श्रम स्वीकृतिको आवश्यकता नपर्ने मुलुक भारतका विभिन्न शहरहरूकाउद्योग, कलकारखाना, होटल, अतिथि गृह (गेष्टहाउस), रेल तथा यातायात (रेलवे तथा ट्रान्सपोर्ट), खाना तथा खाजा बनाउनेभान्से (कुक), कृषि उत्पादन र सुरक्षाकर्मी तथापहरेदार लगायतका क्षेत्रमा कार्यरत सयौँ हजारौँ नेपाली युवाहरू कोभिड-१९का कारण रोजगारी गुमाएर स्वदेश फर्किएको सूचना तथा तथ्यांकहरू सार्वजनिक भईरहेका छन् ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Banner News

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

Load More

ताजा अपडेट

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

गौशाला नगरपालिका अपडेट : वडा ७ मा जसपाको आग्रता कायम

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English