जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकाको मेयर पदका लागि रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवकलाई चुनौ भने मुल नाराका साथ महतोले मेयर पदका लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।
शनिबार पत्रकार सम्मेलन मार्फत जनकपुरधामको समुचित विकासका लागि आफूले कन्स्ट्रक्सनको काम नयाँ पुस्तालाई हस्तान्तरण गरेर जनकपुरधामको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको जानकारी गराए।

पत्रकार सम्मेलनमा बोल्दै महत्तोले कुनै पनि दलमा लागेपछि समाजसेवा गर्न सक्ने अवस्था नदेखेपछि आफूले स्वतन्त्रबाटै चुनाव लड्ने मनसाय बनाएको जानकारी दिए ।


महतोले अब आफ्नै नगरलाई सफा, सुन्दर र आकर्षक बनाउने अभिप्रायले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले बताए ।
उनले विकास , विकास र विकास बाहेक अरू कुनै पनि अर्को एजेन्डा नभएकोले यश पटक मेयरमा जनकपुरवासीले आफुलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस् !