Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

ट्रमा सेन्टर बन्ने जग्गामा १५ शैयाको ‘टेण्डर’ !

mm न्युज डेस्क
२०७८ चैत्र २७, आईतवार १६:४९ बजे

विजय कुमार सिंह,ढल्केवर(धनुषा) : केही समय अघिदेखि चर्चा र चासोको विषय बनेको धनुषाको ढल्केवरमा बन्ने प्रदेशस्तरीय ट्रमा सेन्टरको प्रस्तावित जग्गामा अर्को नयाँ लफडा सुरु भएको छ। ट्रमा सेन्टरको प्रस्तावित जग्गामा मिथिला नगरपालिकाले १५ शैयाको नगरस्तरीय अस्पताल बनाउन टेण्डर सूचना निकालेपछि स्थानीयस्तरमा विभिन्न शंकाउपशंका उब्जिएको छ।

हालको मिथिला नगरपालिका–७ साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा ५० शैयाको ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ। पछिल्लो पटक गत पुष ४ गतेको मिथिला नगरपालिकाको कार्यपालिका बैठकले पनि क्रिटिकल केयर तथा ट्रमा सेन्टर सहितको अस्पताल निर्माण कार्यको लागि सम्बन्धीत निकायमा सोही जग्गा सिफारिस गर्ने निर्णय गरेको थियो। तर उक्त जग्गामा १५ शैया अस्पताल निर्माण गर्नको लागि नगरपालिकाले टेण्डर आह्वान गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। नगरपालिकाले गत चैत २० गते १५ शैयाको अस्पताल भवन निर्माण गर्न शिलबन्दी दरभाउपत्रको सूचना प्रकाशित गरेको छ। टेण्डर सूचना प्रकाशित भएलगत्तै नगरपालिकाले उपलब्ध गराएको सूचनामा मिथिला नगरपालिका–७ मा रहेको करिब ३ विघा ऐलानी जग्गामा १५ शैया अस्पतालको भवन निर्माण गर्ने योजना रहेको उल्लेख गरेको छ।

सूचनामा जग्गाको चार किल्लासमेत किटान गरेको छ। पूर्वमा बसही खोला, पश्चिममा एक्लेवर जाने बाटो, उत्तरमा खुशीलाल महतोको जग्गा र दक्षिणमा पोखरीया जाने बाटो रहने गरी चारकिल्ला भित्र रहेको करिब ३ विघा ऐलानी जग्गामा १५ शैया अस्पताल भवन निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाकै आधिकारिक एउटा अर्को पत्रलाई आधार मान्ने हो भने सो ऐलानी जग्गा ४ विघाको प्लट छ। त्यो सबै जग्गा यसअघि नगरपालिकाले ट्रमा सेन्टर बनाउन जनकपुरधामस्थित रहेको संघीय सहरी आयोजना कार्यान्वय इकाई धनुषाको कार्यालयलाई सिफारिस गरिसकेको छ। तर सोही जग्गामा १५ शैयाको अस्पताल निर्माण गर्न टेण्डर आह्वान गरेपछि नगरपालिकाको दोहोरो चरित्र उदाङ्गो भएको छ।

नगरपालिका र त्यहाँका जनप्रतिनिधिहरु ट्रमा सेन्टर सार्ने चलखेलमा अझै लागिपरेको स्थानीय शिव कुमार महतोको आरोप छ। ‘ढल्केवरबाट ट्रमा अस्पताल भगाउने खेलमा अझै भइरहेको छ। त्यस ठाउँमा जति धेरै अस्पताल भए झन् राम्रो। तर ट्रमा सेन्टरको लागि छुट्याएको जग्गामा अर्को अस्पताल बनाउन लाग्नु षड्यन्त्र बाहेक केही हैन,’ महतो भन्छन् ‘पहिला ट्रमा सेन्टरको जग्गा क्लियर गरेर अनि मात्रै बाँकी जग्गामा अर्को अस्पतालको विषयमा सोच्नु उपयुक्त हुन्छ। त्यसो नभए ट्रमा सेन्टर फेरी दुर्घटनामा पर्ने निश्चित छ।’ यता मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डंगोलले स्वास्थ्य मन्त्रालयले डिपीआर स्वीकृत गरेको जग्गामा १५ शैया अस्पताल बनाउन लागिएको जानकारी दिए। ‘ट्रमा सेन्टरको विषयमा मलाई थाहा भएन।

मन्त्रालयले डिपीआर डिजाईन स्वीकृत गरेको जग्गामा हामीले १५ शैया अस्पताल बनाउन लागेका हौं। त्यहाँ ट्रमा सेन्टर नहुने भनेर भनिसकेको छ नि !,’ अधिकृत डंगोलले अन्नपूर्णसँग भने ‘त्यो जग्गा ट्रमा सेन्टर बनाउन कार्यपालिकाबाट सिफारिस भएको थियो तर स्वीकृत भएन।’ संघीय सरकारको मन्त्रीले पनि त्यो जग्गामा ट्रमा सेन्टरको प्रक्रिया अघि बढाउनु भनेर निर्देशन दिएका छन्, अनि कसरी अस्वीकृत भयो? भन्ने अन्नपूर्णको जिज्ञासामा अधिकृत डंगोलले भने ‘त्यो कुरा मलाई जानकारी भएन। ट्रमा सेन्टरको विषयमा अहिले बोल्न चाहिन। १५ शैया अस्पतालको मन्त्रालयबाट जहाँ स्वीकृत भएर आएको हो त्यहाँ नै हामीले बनाउन लागेका हौ।’ यस्तै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले दुवै अस्पताल सोही जग्गामा बन्ने स्पष्ट पारे। ‘ट्रमा सेन्टर र १५ शैया अस्पताल त्यही जग्गामा बन्छ। त्यहाँ जम्मा ४ विघा ऐलानी जग्गा छ। ट्रमा सेन्टरको लागि ३ विघा मात्रै आवश्यक छ।

१५ शैया अस्पताल १५ कठ्ठामै बन्छ। अनि किन त्यहाँ स्वास्थ्यको हब नबनाइदिने भनेर १५ शैया पनि त्यही निर्माण गर्न लागेका हौं,’ मेयर महतोले अन्नपूर्णसँग भने। मेयर महतोले १५ शैया अस्पताल १५ कठ्ठामा बन्ने बताएपनि मिथिला नगरपालिकाले उपलब्ध गराएको सूचनामा ३ विघा जग्गामा १५ शैया अस्पताल भवन निर्माण गर्ने योजना रहेको उल्लेख गरिएको छ। यसअघि शहरी विकास तथा भवन निर्माण विभागको जनकपुरधामस्थित संघीय आयोजना कार्यान्वय इकाईले मापदण्डको बहाना देखाएर उक्त जग्गा ट्रमा सेन्टरको लागि अनुपयुक्त रहेको बताउँदै आएपछि विवाद उत्पन्न भएको थियो। आयोजना कार्यान्वय इकाईका प्राविधिकहरुले प्रस्तावित जग्गा ५ सय मिटरभन्दा बढी रहेको कारण देखाउँदै अनुपयुक्त रहेको बताउँदै आएपछि संघीय सरकारले निर्माण गर्न लागेको प्रदेशस्तरीयको ट्रमा सेन्टरको निर्माण प्रक्रिया अलपत्र बनेको थियो।

प्राविधिकहरुले मुख्य एजेण्डा बनाएको राजमार्गदेखि दायाँबायाँ ५०० मिटर भित्र जग्गा हुनुपर्ने मापदण्ड स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले बनाएको ‘स्वास्थ्य भवन पूर्वाधार डिजाईन तथा निर्माण सम्बन्धी निर्देशिका २०७३’ भन्दा बाहिर रहेको तथ्य अन्नपूर्णले सार्वजानिक गरेपछि प्राविधिकहरु सच्चिएका थिए। ढल्केवरमा किटान गरेको ट्रमा सेन्टरको लागि जग्गा छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि संघीय सरकारकी शहरी विकास मन्त्री राम कुमारी झाँक्री आफैंले गत चैत १७ गते प्रस्तावित जग्गाको निरीक्षण अवलोकन गरेकी थिइन्। जग्गा निरीक्षण पश्चात मन्त्री झाँक्रीले संघीय आयोजना कार्यान्वय इकाई धनुषाका आयोजना प्रमुख प्रदिप खनाललाई प्रक्रिया अघि बढाउन निर्देशन दिएकी थिइन्। आफ्नो मन्त्रालयका सचिवसहितको टोली लिएर मन्त्री झाँक्री जग्गा निरीक्षण गर्न ढल्केवर पुगेकी थिइन्।

जग्गा अवलोकनको क्रममा मन्त्री झाँक्री र शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहसहितकाले ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको बताएका थिए। मन्त्री र मन्त्रालयका सचिवसहितका उच्च अधिकारीहरुले प्रस्तावित जग्गाको अवलोकन गरेर उपयुक्त रहेको बताएपछि ट्रमा सेन्टरको निर्माण प्रक्रिया अघि बढिरहेको बेला नगरपालिकाको १५ शैया अस्पतालको टेण्डर सूचनाले फेरी झमेला हुने भएको छ।-अन्‍नपूर्ण पोस्ट

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Banner News

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

Load More

ताजा अपडेट

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

गौशाला नगरपालिका अपडेट : वडा ७ मा जसपाको आग्रता कायम

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English