Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

काँग्रेस वीरगन्जमा चुनावी गठबन्धन विरुद्ध बिद्रोह गर्ने घोषणा

mm न्युज डेस्क
२०७८ चैत्र ३०, बुधबार २३:०० बजे

वीरगन्ज- नेपाली कांग्रेसले अरु दलसँग चुनावी तालमेल गर्ने केन्द्रीय नेतृत्वको निर्णय विरुद्ध मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा स्थानीय काँग्रेस नेताहरुले बिद्रोहमा उत्रिने घोषणा गरेका छन्।

संघीय सरकारमा सत्तारुढ पाँच दलको चुनावी गठबन्धनमा वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएको खबर आएपछि कांग्रेस नेताहरुले उक्त निर्णय नमान्ने बताउदै बिद्रोहमा उत्रिने घोषणा  गरेका हुन्।

गठबन्धन मान्य नहुने भन्दै उनीहरुले काँग्रेसका कार्यकर्ता भएकोले रुख छाप बाहेक अरु दलको निर्वाचन चिन्हमा भोट हाल्ने कुरा स्विकार नहुने बताए।

वीरगन्ज महानगरपालिका पर्सा प्रतिनिसधसभा निर्वाचन क्षेत्र १ र २ मा पर्छ। यसअघि यि दुईटै क्षेत्रका नेपाली काँग्रेसका क्षेत्रीय समितिले बेग्ला बेग्लै प्रेस बिज्ञप्ति निकाल्दै तालमेल गरेर चुनावमा जान नहुने भन्दै असहमति सार्वजनिक गरेका थिए।

बुधवार नगर कार्यसमितिका सभापति मणिन्द्रलाल श्रेष्ठ नेपाली र क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ताको अगुवाईमा पत्रकार सम्मेलन नै गरेर कार्यकर्ताको मर्म बिपरित केन्द्रको घोषणा भएको र सो विरुद्ध पार्टी भित्र विद्रोह गर्ने स्थानीय काँग्रेसी नेताहरुले चेतावनी दिए।

पत्रकार सम्मेलन गरेर वीरगन्ज महानगरमा कुनै पनि हालतमा अरु दलसँग चुनावी तालमेल नगर्ने बताए। पार्टीका पुराना नेता ध्रुव नेपालले पार्टी नेतृत्वले कार्यकर्ताको भावना सुन्ने विश्वास गरेको र त्यसो नभए स्वर्गिय बिपि कोइरालाको मार्ग निर्देशन अनुसार गलत निर्णय बिरुद्ध पार्टीभित्र आन्तरिक बिद्रोह गर्ने बताए।

पर्सा क्षेत्र–१ का क्षेत्रीय सभापति अरविन्द गुप्ताले उक्त पत्रकार सम्मेलन आफैमा केन्द्रको गैरमनासिब निर्णय बिरुद्ध एउटा बिद्रोह भएको बताए। ‘हाम्रो चाहना र भावनाको मुल्याकन गर्नेछ र निर्णयमा पुर्नबिचार गर्नेछ,’ नेता गुप्ताले भने, ‘कार्यकर्ताको भावना पार्टीले बुझेन र जबरजस्ती निर्णय लाद्न खोज्यो भने हामी विद्रोहका थप कदमहरु चाल्ने छौं।’

केन्द्रले गठबन्धनको निर्णय कार्यान्वयन गर्न बाध्य पार्न खोजे विद्रोह गरेर बागी उम्मेदवार खडा गरेर निर्वाचन लड्न सक्ने विषय उठेको र यसमा आन्तरिक छलफल भइरहेको गुप्ताले बताए। वीरगन्ज महानगरमा अरु दलसँग गठबन्धन नगरीकन नगरप्रमुख, उपप्रमुख र ३२ वटै वार्डमा वाड अध्यक्ष आफ्नो दममा प्रतिस्पर्धा गरेर चुनाव जित्ने माहोल भएको बेला पार्टी नेतृत्वले गलत निर्णय लादन खाजेको नेताहरुकाे आरोप छ।

नेताहरुले वीरगन्जमा गठबन्धन आवश्यक नरहेको केन्द्रीय कार्यसमितिमा लिखितरुप मै जानकारी गराइसकेको बताए। वीरगन्जमा कांग्रेसको मुख्य प्रतिस्पर्धा जसपासँगै रहेको बेला नेता कार्यकर्ताको मनोबल खस्काउने किसिमको निर्णय लाद्न खोजिएको स्थानीय काँग्रेस नेताहरुले बताए।

नगर अध्यक्ष श्रेष्ठले महानगरका ३२ वटै वडाका कांग्रेस बुथ सभापतिले गठबन्धन आवश्यक नरहेको र गठबन्धनमा नजाने भनेर लिखित सुझाव केन्द्रलाई दिएको जानकारी गराए।

२०४६ सालपछि वीरगन्जमा कांग्रेस यतिखेर सबैभन्दा राम्रो अवस्थामा रहेको उनले दाबी गरे। नगर उपसभापति सन्तोष गुप्ताले अरु दलसँग अप्राकृतिक गठबन्धन मान्न आफुहरु तयार नभएको बताए।

त्यस्तै बिहिवार एउटा प्रेस बिज्ञप्ति जारी गर्दै गठबन्धन गर्न नहुने जनाएका पर्सा क्षेत्र–२ का कांग्रेस क्षेत्रीय सभापति महम्मद शाहबुदीनले पनि वीरगन्जमा अरु दलसंग गठबन्धन अवश्यक नभएको बताए। कांग्रेसको जनलहर बढेकाले वीरगन्जमा कांग्रेस एक्लैले चुनाव लडेर जित्न सक्ने उनले दावी गरे।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Load More

ताजा अपडेट

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English