जनकपुरधाम- सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ ।
इसाको छैटौं र सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ ।

दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तराष्ट्रियस्तरमा पूजनीय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख के को हो ।


कसरी यतिका दिनसम्म बाँचिरहेको छ । यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।
मधेस प्रदेश अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् ।
धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको आज बिहानैदेखि भीड लागेको छ ।
फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर)मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ ।
तराईका पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगब्याधि नलाग्ने जनविश्वास छ । फूलबारीभित्र दुर्लभ जातिका जडिबुटी खोज्न भारतको विहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । हरेक वर्षको १ वैशाखमा मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला समेत लाग्ने गर्दछ ।
सलहेश गाथामा उल्लेख गरिएअनुसार तेह्रौँ शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने गरेको सलहेश गहवरका पुजारी हरिसिंहदेव दनुवार बताउँछन् ।
१२ बिघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारी मेला कोरोना संक्रमणका कारण गत वर्ष नलागेकाले यस वर्ष विगतको तुलनामा मेला भर्न आउनेहरुको संख्या अत्यधिक देखिएको छ।
यस्तो छ सलहेशको इतिहास
१३ औ शताब्दीमा मिथिलाको मैसोथा भन्ने ठाँउमा सलहेश जन्मिएका थिए । मैसोथा हालको सिरहा नगरपालिका हो । सलहेश जन्मिने कालमा मिथिलामा सामाजिक र राजनीतिक अराजकता ब्याप्त थियो ।
स सना ग्रामपिता बिचको अन्तरद्वन्द्वले आम जनता पिल्सिएका थिए । सलहेशले तात्कालिन समान्त विरुद्ध सुसंगठित शक्तिको निर्माण गरेर सबैलाई परास्त गर्दै राज्य स्थापना गरे । पूर्वमा कोशी पश्चिममा गण्डकी उत्तरमा चुरे पर्वत श्रृखला र दक्षिणमा गंगासम्मको मैदानी भागमा सलहेशको शासन सत्ता स्थापना भयो । बाहिरी आक्रमणकारीबाट यी क्षेत्रलाई सुरक्षित बनाउन सलहेशले अत्यन्त कुशल र युद्धकलामा निपुण सैन्य शक्ति स्थापना गरेका थिए ।
गाम जनताको जिविकाको माध्यम कृर्षि र पशुपालन तथा प्राकृतिक श्रोत साधनमा आमजनातको पहुचलाई सुनिश्चित पारेका थिए । बिकेन्द्रिकृत शासन प्रणालीको स्थापना, न्याय प्रणालीलाई विश्वसनिय र छरितो बनाउन सहलेश आफ्ना योगदानका कारण देवताका रुपमा पुजित छन् । सयौ बर्ष बितिसक्दा पनि सहलेशलाई मिथिलाको प्रत्येक गाँउमा मन्दिर स्थापना गरि लोक नायकको रुपमा पूज ागर्ने गरिन्छ ।
पछिल्लो समयमा सलहेशलाई दलित जातका दुसाध जातीको रुपमा अपब्याख्या गरिने कार्य भयो । तत्कालिन अवस्थामा अछुत मानिएको दुसाधको मात्र देवता सलहेशको योगदानलाई अस्वीकार गर्ने अभिजातिय सोचको परिपाटी थियो । सहलेश मिथिला र नेपालको भूमिलाई वाह्य आक्रमणबाट रक्षा गर्ने देशभक्त थिए । मिथिलाको साँस्कृतिक परिचय सलहेश विना अपुरो हुन्छ । सलहेशको व्यतित्वको आकर्षणको प्रभावमा अहिले पनि सम्पूणर् मिथिला क्षेत्रमा रहेको छ ।
सलहेशको समाजमा प्रभाव
तत्कालिन समाजमा सलहेश अन्यन्त न्यायप्रेमी शासक मानिएका छन् । जातिय द्वन्द्व चर्किएको बेलामा सलहेशले सबैलाई संगठित गरेका थिए । सबै जात जातीले सलहेशको नेतृत्वलाई स्वीकार गरेका थिए । मिथिला समाजमा सलहेश र उनका सहयोगी पात्रलाई सयौ बर्ष बितिसक्दा पनि कसैले बिर्सिएका छैनन् ।
सलहेशलाई न्यायको प्रतिमूर्ती मान्छन्,भने कुनै पनि इच्छा रोग भोक ऋण, पीडाबाट मुक्तिको लागि अहिले पनि सलहेशको भाकल गर्ने परम्परा छ । सलहेशका भाई मोतिरामलाई पहलमानहरु स्मरण गरि मात्र अखडामा उत्रन्छन् । बनबाट काठ र अन्य उत्पादित समाग्री ल्याउन जानेहरु हिंर्सक बन्यजन्तुसंग बँच्न सलहेश भान्जा करिकन्हा । बहिनी बनसप्तीको पूजा गर्दछन् । अर्थात मिथिलाको समाजिक जीवन सलहेशको प्रभाव व्यापक विस्तृत छ ।
किराँतसंगको सम्बन्ध
मिथिलामा सलहेशले राज्य स्थापना गरिसकेपछि सबैभन्दा ठूलो चुनौति जनतालाई एक जुट बनाउनु र यसैको बलमा सीमालाई सुरक्षित पार्नु थियो । मिथिलालाई गण्डक, गंगा र कोशीले एक प्रकारको सुरक्षा चक्र प्रदान गरेको थियो ।
उतर तिरबाट मात्र मिथिलामा आक्रमण हुन सक्ने बढी खतरा थियो । तिब्बत र भुटानका नरेश संगको संलग्नता र मिथिलाका खुंखार डाँकु(दस्यु) चुहरमलको सहयोगमा पटक पटक आक्रमण भईरहेको थियो ।
मिथिलाको समथर भूमि अन्न र पशुधनको दृष्टिले अत्यन्त समृद्ध रहेको हुँदा आक्रमणकारीहरुले यस क्षेत्रमाथि आँखा गाडेका थिए । आक्रमणगरि फर्कने तिब्बती सैनिकहरु महाभारत पर्वत श्रृखलामा बसोबास रहेको किरातीहरुलाई पनि लुटपाट गर्दथे । अर्थात मिथिला र किराँत दुवै समान रुपमा आक्रमणको पीडा भोग्न बाध्य थिए ।
त्यति बेला मैथिल र किरात संयुक्त सैन्य निर्माण गर्ने र सामूहिक शत्रुलाई सामुहिक प्रतिवाद गर्ने सलहेशको प्रस्ताव किराँती सैन्य पति केबला किराँतले स्वीकार गरे ।
केही दिनपछि पकरियागढ र तरेगनागढको लडाईमा तिब्बत भुटान र चोहरमलको संयुक्त सैन्य शक्तिलाई परास्त गरि भुटानी नरेश सुंगलाई सलहेश बन्दी बनाउन सफल भएका थिए । अर्थात किराँतसंगको संयुक्त सैन्य निर्माणपछि बाह्य आक्रमणकारी पराजित पनि हुन थालेका थिए । तर त्यसैकारण भयभित हुन थालेका थिए । यी क्षेत्रहरु सुरक्षित हुन थालेको थियो ।
सलहेशका उपसाकहरु,उनलाई देवताका रुपमा पूजा गर्नेहरु,मन्दिर स्थापना भएका ठाँउहरुमा अहिले पनि सैन्य भेषमा मंगोलियन अनुहार देखिन्छ । त्यो केबल किराँती हो । मिथिला अहिले पनि आठसय बर्ष अगाडी स्थापित सम्बन्धलाई उतिकै सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस् !